काठमाडौं- प्रदेश नं १ को राजधानी धनकुटालाई बनाउनुपर्ने माग गर्दै बालुवाटारस्थित प्रधानमन्त्री कार्यालय नजिकै धनकुटावासीले धर्ना दिएका छन्।
उद्योग मन्त्री सुनिलबहादुर थापाको संयोजकत्वमा बालुवाटार पुगेको टोलीले बिहानैदेखि धर्ना दिएको हो। सो टोलीमा धनकुटाका विभिन्न दलका नेता, अगुवा र व्यवसायी गरी करिब २५ जना सहभागी छन्।
भूगोल र संरचनागत हिसाबले धनकुटा प्रदेश १ का लागि उपयुक्त हुने भन्दै धनकुटासहित राजधानीमा समेत यसअघिदेखि नै विभिन्न आन्दोलन चलिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।