• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

न्युजिल्यान्डलाई हराउँदै आयोजक इंग्ल्यान्ड अन्तिम ४ मा, पाकिस्तानको सेमिफाइनल यात्रा कठिन

64x64
नेपाल लाइभ बिहीबार, असार १९, २०७६  ०८:२०
1140x725

काठमाडौं– एकपछि अर्को गर्दै उपाधिका दावेदार मानिएका २ टोलीलाई पराजित गर्दै आयोजक इंग्ल्यान्ड आइसीसी विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ।

बुधबार राति सम्पन्न खेलमा न्युजिल्यान्डलाई १ सय १९ रनले पराजित गर्दै इंग्ल्यान्डले अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो।

टस जितेर पहिलो ब्याटिङ गरेको इंग्ल्यान्डले पूरा ५० ओभर खेल्दै ३ सय ५ रनको योगफल तयार गरेको हो। इंग्ल्यान्डको पारीमा जोनी बेयरस्टोले शतकीय पारी खेले। उनले १ सय ६ रनको पारी खेले। ९९ बलको सामना गरेका उनले १५ चौका र १ छक्का प्रहार गरेका थिए।

शतकसँगै बेयरस्टो एउटै विश्वकपमा प्रारम्भिक ब्याट्सम्यानको रुपमा दुई वटा शतक प्रहार गर्ने पहिलो इंग्लिस ब्याट्सम्यान बन्न पुगेका छन्।

बेयरस्टो पहिलो विकेटका लागि जसोन रोयसँग मिलेर १ सय २३ रन बटुल्दै घरेलु टोलीलाई सटिक सुरुवात दिल्याएका थिए। रोयले ६० रन बनाए।

ठूलो लक्षतर्फ अघि बढेको इंग्ल्यान्डका मध्यक्रमका ब्याट्सम्यान चल्न नसक्दा इंग्ल्यान्डको पारी ३ सय ५ रनमा खुम्चिएको हो। कप्तान इयोन मोर्गनले ४२ रन बनाउनु बाहेर मध्यक्रममा कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

nimb
nimb
Ncell 2
Ncell 2

१ सय ९४ रनको अवस्थामा दोस्रो विकेट गुमाएको इंग्ल्यान्डको पारीमा बाँकी १ सय ११ रन जोड्दा ६ विकेट पतन भएको थियो।

बलिङतर्फ न्युजिल्यान्डका ट्रेन्ट बोल्ट, मट हेनरी र जेम्स निस्समले समान २/२ विकेट लिए।

३ सय ६ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको न्युजिल्यान्डले खराब प्रदर्शन गर्दै ४५ ओभरमा सबै विकेटको क्षतिमा १ सय ८६ रन मात्रै बनाउन सक्यो।

न्युजिल्यान्डका लागि टोम लाथमले ५७ रन बनाउँदा रोस टेलरले २८ र कप्तान केन विलियम्सनले २७ रनको योगदान दिए। १४ रनको अवस्थामा २ विकेट गुमाइसकेको न्युजिल्यान्डका कुनै पनि ब्याट्सम्यानबीच ठूलो साझेदारी बन्न सकेन।

विकेट पतनको सिलसिला नरोकिएपछि न्युजिल्यान्डले पूरा ५० ओभर पनि खेल्न सकेको थिएन।

इंग्ल्यान्डका मार्क उडले न्युजिल्यान्डका ३ ब्याट्सम्यानलाई पेवेलियन फर्काए। जोफ्रा आर्चर, क्रिस ओएक्स, लियाम प्लुङ्केट, आदिल रसिद र बेन स्टोक्सले समान १/१ विकेट लिए।

आर्चर पहिलो विश्वकप सहभागितामै सबैभन्दा धेरै विकेट लिने इंग्लिस बलर हुन्। आसन्न विश्वकपमा उनले १७ विकेट लिइसकेका छन्।

जितसँगै इंग्ल्यान्ड सेमिफाइनलमा पुग्ने तेस्रो टिम बनेको छ। यसअघि अस्ट्रेलिया र भारतले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन्।

न्युजिल्यान्ड र पाकिस्तानमा कसको पल्ला भारी?

आफ्नो अन्तिम खेलमा इंग्ल्यान्डसँग हारे पनि युजिल्यान्डको सेमिफाइनल पुगेने सम्भावना भने बलियो छ। तर, ८ खेलबाट ९ अंक बनाएको पाकिस्तानको सेमिफाइनल यात्रा भने कठिन भएको छ।

पाकिस्तानले आफ्नो अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ। बंगलादेशसँगको खेलमा जित निकाले पनि पाकिस्तानको सेमिफाइन यात्रा भने सहज छैन। ९ खेलबाट ११ अंक बनाउँदै अंकतालिकाको चौथौ स्थानमा रहेको न्युजिल्यान्डको नेट रनरेट राम्रो छ।

त्यसकारण पनि पाकिस्तान इंग्ल्यान्डको हारको प्रतिक्षामा थियो। न्युजिल्यान्डले इंग्ल्यान्डलाई पराजित गरेको भए पाकिस्तानको विश्वकप सेमिफाइनलमा पुग्ने सम्भावना बलियो हुने थियो।

पाकिस्तानले अब विश्वकपको सेमिफाइनलमा पुग्नका लागि बंगलादेशमाथि भारी अन्तरको जित निकाल्नु पर्ने देखिएको छ। अन्यथा न्युजिल्यान्ड सजिलै अन्तिम ४ मा पुग्नेछ।

विश्लेषक एस राजेशका अनुसार पाकिस्तानले बंगलादेशलाई ३ सय १६ रनअन्तरमा हराउनु पर्नेछ। जसअनुसार पाकिस्तानले पहिले ब्याटिङ गर्दै ४ सय रन बनाउनु पर्नेछ भने बंगलादेशलाई ८४ भन्दा कमको स्कोरमा रोक्नु पर्नेछ। यसो भए पाकिस्तानले रनरेटमा न्युजिल्यान्डलाई पछि पार्नेछ।

पाकिस्तानले फराकिलो अन्तरको जित हात नपारेको अवस्थामा सेमिफाइनलमा पुग्ने चौथो टोली न्युजिल्यान्ड बन्नेछ।

प्रकाशित मिति: बिहीबार, असार १९, २०७६  ०८:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे...
मोहम्मद जयन्तीमा मुस्लिम धर्मावलम्बीलाई मात्र सार्वजनिक बिदा
आकाशे पुलको प्रयोग गर्न अनुरोध गर्दा बानेश्वरमा महिला प्रहरीमाथि हातपात
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
मोहम्मद जयन्तीमा मुस्लिम धर्मावलम्बीलाई मात्र सार्वजनिक बिदा मंगलबार, भदौ ९, २०८३
आकाशे पुलको प्रयोग गर्न अनुरोध गर्दा बानेश्वरमा महिला प्रहरीमाथि हातपात मंगलबार, भदौ ९, २०८३
दलभित्र विश्वास गुमाउने अनि अदालत जाने शैलीले कांग्रेसलाई न्याय गर्दैन : प्रवक्ता चालिसेको कटाक्ष मंगलबार, भदौ ९, २०८३
प्रधानमन्त्री बालेनलाई संसद्मा ११ सांसदले सोध्दैछन् प्रश्न, रास्वपाले कोटा नै घटायो मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्