काठमाडौं- प्रदेश प्रमुखको नियुक्ति तथा प्रदेशको अस्थायी राजधानी तोक्ने विषयमा सहमति जुटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले आज सर्वदलीय बैठक डाकेका छन्।
आज बस्ने पाँच दलको बैठकमा एजेन्डामाथि सहमति जुटे आजै बस्ने मन्त्रिपरिषद् बैठकले त्यसलाई निर्णय गर्ने तयारी छ। प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनभएपछि देउवाले दोस्रोपटक सर्वदलीय बैठक बोलाएका हुन्।
बैठकमा नेकपा एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीका शीर्ष नेता सहभागी हुनेछन्। बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।