इंग्ल्यान्ड– विश्वकपको ४१ औं खेल इंग्ल्यान्ड र न्युजिल्यान्डबीच भइरहेको छ। टस जितेर ब्याटिङ गरेको इंग्ल्यान्डले न्युजिल्यान्डलाई ३ सय ६ रनको लक्ष्य दिएको छ। इंग्ल्यान्डले उत्कृष्ट सुरुवात गरेको थियो। ओपनर जोनी वरिस्टोले ९९ बलमा १०६ रन बनाए भने जेजे रोयले ६१ बलमा ६० रन बनाए। त्यसपछि जेइ रुट २५ बलमा २४ रन जोड्दै बाहिरिए। जेसी बल्टर १२ बलमा ११ रन र इजेजी मोर्गान ४० बलमा ४२ रनको योगदान दिएर आउट भए।
ब्रेन स्टोकले २७ बलमा ११ रन मात्रै जोडे भने सीआर वक्सले ११ बलमा ४ रन जोड्न सके। एलई पलंकेटले १२ बलमा १५ र एयु रसिद १२ बलमा १६ र जेसी आर्करले एक बलमा एक रन जोडे।
मध्यक्रम ब्याटिङ कमजोर हुँदा ३ सय ५० भन्दा माथिको आंकडा निकाल्न अनुमान गरिएको इंग्ल्यान्ड ३ सय ५ रनमा समेटियो।
आज दुवै टिम सेमिफाइनलमा आफ्नो स्थान पक्का गर्न भिडिरहेका छन्। न्युजिल्यान्ड अंकतालिकामा तेस्रो र इंग्ल्यान्ड चौथो नम्बरमा छन्। दुवैले ८ खेल खेलिसक्दा ११ र १० अंक जोडेका छन्। भारत र अष्ट्रेलिया भने सेमिफाइनल पुगिसकेका छन्।
यो खेल हार्ने टिमको भविष्य पाकिस्तान र बंगलादेशको खेलमा निर्भर हुनेछ। यदि न्युजिल्यान्डले हार्यो भने उसको ११ अंक हुन्छ र पाकिस्तानले जित्यो भने बराबरी गर्नेछ। उनीहरुको भविष्य भने रनरेटले तयर गर्नेछ। आज इंग्ल्यान्ड हार्यो र भोलि पाकिस्तानले जित्यो भने पाकिस्तान सेमिफाइनलमा पुग्नेछ।
इंग्ल्यान्ड २३ वर्षदेखि सेमिफाइनलमा पुग्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।