काठमाडौं– राखेप च्याम्पियनसिप अन्तगर्त महिला राष्ट्रिय फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब सुपर लिगमा पुगेका छन्। लगातार दोस्रो जित निकाल्ने क्रममा आर्मीले मध्यपश्चिमाञ्चललाई १२–० र एपिएफले पश्चिमाञ्चललाई १४–० गोलले पराजित गरे।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मीका लागि सपना लामा र सर्मिला मगरले ४–४ गोल गरे। दिपा राईले दुई गोल गर्दा कप्तान कृष्ण खत्रीले पनि दुई गोल नै गरिन्।
दोस्रो खेलमा एपिएफलाई जित दिलाउन सावित्रा भण्डारीले ८ गोल गरिन्। अघिल्लो खेलमा उनले १२ गोल गरेको थिइन। सावित्राले खेलको ६, २७, ३३, २४+१, ५०, ५४, ६६ र ८९ मिनेटमा गोल गरिन्।
रेखा पौडेलले ३७ र ४०, अनिता केसीले ५८ र ५९ मिनेटमा गोल गर्दा रेनुका नगरकोटीले ६५ र अनिता बस्नेतले ७७ मिनेटमा गोल गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।