काठमाडौं– यु १९ एसिया कप छनोट प्रतियोगितामा चीनलाई हराउँदै नेपालले सानदार सुरुवात गरेको छ। चीनमाथि १० विकेटको सानदार जित निकाल्दै नेपालले सानदार सुरुवात गरेको हो।
मलेसियामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको चीनले २३ दशमलव १ ओभरमा ५३ रनमा अलआउट भएको थियो। नेपालका सागर ढकालले ६ र तिलक भण्डारीले ३ विकेट लिएपछि चीन सस्तैमा समेटिएको थियो।
५४ रनको झिनो लक्ष्य पछ्याएको नेपालले ५ ओभरमा बिना विकेट लक्ष्य भेट्टाएको थियो। नेपालका पवन सर्राफ ४५ र रित गौतम १० रनमा नटआउट रहे।
नेपालले दोस्रो खेल शुक्रबार सिंगापुरसँग खेल्नेछ। प्रतियोगिताको समूह एमा नेपाल, सिंगापुर र चीन छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।