काठमाडौं– प्रदेशहरुको अस्थायी राजधानीबारे कुनै निर्णय नभएकोे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। राजधानी तोकिसकिएको भनेर प्रचार भएको र सोही आधारमा कतिपय जिल्लामा आन्दोलन समेत सुरु भएपछि सरकारले बुधबार बिज्ञप्ती जारी गरेर अस्थायी राजधानी नतोकिएको प्रष्ट पारेको हो।
प्रधानमन्त्री कार्यालयका प्रवक्ता हरि पन्थीले बुधबार बिज्ञप्ती जारी गर्दै अस्थायी राजधानीबारे कुनै निर्णय नभएकाले भ्रममा नपर्न आग्रह गरेको गरेका छन्।
प्रधानमन्त्री कार्यालयका सहसचिव राजेन्द्र पौडेल संयोजकत्वको समितिले सातै वटा प्रदेशको अस्थायी राजधानीबारे मंगलबार प्रतिवेदन दिएको थियो। तर सोही आधारमा नभई थप छलफलपछि अस्थायी राजधानी तोकिने सरकारले जनाएको छ। सरकारले अस्थायी राजधानी तोक्न सर्वदलीय बैठक बोलाएको छ। विस्तृत छलफलपछि मात्र अस्थायी राजधानी तोक्ने सरकारको तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।