काठमाडौं– प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा एक सिट मात्र जितेको कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनावी समीक्षाका लागि बोलाएको केन्द्रीय कार्यसमिति बैठक राजधानीमा बुधबारदेखि सुरु भएको छ।
बानेश्वरस्थित अनमोल क्याटरिङमा सुरु भएको बैठकमा देशभर बेहोर्नुपरेको हार र भावी रणनीतिबारे छलफल हुने प्रवक्ता भुवन पाठकले बताए।
बैठकमा अहिले अध्यक्ष थापाले स्थानीय निर्वाचन, पार्टी विभाजन लगायतका विषयमा आफ्नो धारणा राखिरहेका छन्। अध्यक्ष थापाले मुलुकमा विकसित राजनीतिक घटनाक्रमबारे सहभागीलाई जानकारी गराउँदै स्थानीय तहदेखि नै संगठन सुदृढीकरणका लागि वैचारिक छलफल गर्न केन्द्रीय सदस्यलाई आग्रह गरेका छन्।
बैठकमा सहभागी सबै नेतालाई आगामी दिनमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे दृष्टिकोण राख्न आग्रह गरिएको प्रवक्ता पाठकले बताए। बैठकमा पार्टीका १ सय ४० केन्द्रीय सदस्य सहभागी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।