दुबई– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) टी–२० टिम वरीयतामा न्युजिल्यान्ड पहिलो स्थानमा उक्लिएको छ। वेस्ट इन्डिज विरुद्धको तीन खेलको टी–२० सिरिज २–० ले जितेसँगै न्युजिल्यान्ड वरीयताको शीर्ष स्थानमा उक्लिएको हो
यसअघि तेस्रो स्थानमा रहेको न्युजिल्यान्डले वेस्ट इन्डिजलाई हराएसँगै पाकिस्तान र भारतलाई पछि पारेर शीर्ष स्थान कब्जा जमाएको हो।
जितपछि न्युजिल्यान्डले १ सय २६ अंक जोडेको छ। दोस्रो स्थानको पाकिस्तानको १ सय २४ अंक छ। तेस्रो स्थानको भारतले १ सय २१ अंक बटुलेको छ।
शीर्ष स्थानको न्युजिल्यान्ड र दोस्रो स्थानको पाकिस्तानबीच आगामी २२, २५ र २८ जनावरीमा टी–२० खेल हुँदैछ। यो सिरिजपछि न्युजिल्यान्ड शीर्ष वरीयता कायम राख्ने वा पाकिस्तान पहिलो स्थानमा उक्लने टुंगो लाग्नेछ।
टी–२० को वरीयता र अंक
१. न्युजिल्यान्ड– १२६ अंक
२. पाकिस्तान – १२४ अंक
३. भारत – १२१ अंक
४. इंग्ल्यान्ड – ११९ अंक
५. वेस्ट इन्डिज – ११५ अंक
६. दक्षिण अफ्रिका – १२२ अंक
७. अस्ट्रेलिया – १११ अंक
८. श्रीलंका – ८८ अंक
९. अफगानिस्तान – ८६ अंक
१०. बंगलादेश – ७६ अंक
११. स्कटल्यान्ड – ६७ अंक
१२. जिम्बावे – ६५ अंक
१३. युएई – ५२ अंक
१४. नेदरल्यान्ड्स – ४९ अंक
१५. हङकङ– ४६ अंक
१६. पपुवा न्युगिनी– ३९ अंक
१७. ओमान – ३८ अंक
१८. आयरल्यान्ड – ३६ अंक
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।