काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेतालाई कार्यकारी भूमिका दिन कुनै विवाद नरहेको बताएका छन्।
बुधबार दिउँसो पार्टी कार्यालय पेरिसडाडाँमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले एमाले र माओवादी केन्द्रका अध्यक्षद्वयलाई कार्यकारी भूमिका दिने गृहकार्यसहित पार्टी एकताको तयारी भइरहेको बताए।
‘पार्टी एकता संयोजन समितिका दुई शीर्ष नेतालाई कार्यकारी भूमिका दिन कुनै समस्या छैन,’ उनले भने, ‘त्यसलाई औपचारिक रुप दिन मात्र बाँकी छ।’
कानुनका केही व्यवस्थाले नयाँ सरकार गठनमा ढिलाइ भएको प्रचण्डको भनाइ थियो। उनले अब राष्ट्रियसभा निर्वाचनको प्रक्रिया अगाडि बढेकाले नयाँ सरकार गठनमा वाधा नभएको उल्लेख गरे।
पार्टी एकताका विषयमा निरन्तर छलफल चलिरहेको बताउँदै दाहालले आजभोलि नै एमाले अध्यक्ष ओलीसँग छलफल गरेर एकता संयोजन समितिको बैठक बस्ने जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।