• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रदेश ६ को पिरलो : नाममा एकमत, राजधानीबारे मतभेद

64x64
नेपाल लाइभ बुधबार, पुस १९, २०७४  १५:०७
1140x725

सुर्खेत– सरकारले प्रदेशको अस्थायी राजधानी तोक्ने तयारी गरिरहँदा प्रदेश नम्बर ६ मा प्रदेशको नाम र राजधानीको विषयमा बहस सुरु भएको छ। प्रदेशको नाम के राख्ने र राजधानी कहाँ बनाउने भन्ने विषयमा यहाँका विभिन्न जिल्लामा छलफल हुन थालेका छन्।

प्रदेशको नामबारे एकमत देखिए पनि राजधानी कहाँ बनाउने भन्ने विषयमा भने फरक–फरक धारणा आएका छन्। प्रदेशको नाम कर्णाली राख्ने विषयमा हालसम्म विवाद देखिएको छैन। विभिन्न जिल्लाहरुमा भइरहेका छलफलमा पनि कर्णाली प्रदेश नाम राख्न एकमत देखिएको छ। तर, राजधानीका विषयमा सुर्खेत कि जुम्ला भन्ने विषयमा फरक मत देखिएको छ।

जुम्लाका नागरिकले प्रदेशको राजधानी जुम्ला हुनुपर्ने माग गर्दै आएका छन्। कालिकोटसहित कर्णालीका अन्य जिल्लाका राजनीतिक दलका कतिपय नेतादेखि नागरिकसम्मले पनि जुम्लालाई राजधानी बनाउन माग गरेका छन्। तर, जुम्लालाई राजधानी बनाउने विषयमा भने कर्णालीमै पनि एकमत छैन। सुर्खेत कि जुम्ला भन्ने विषयमा फरक–फरक धारणा आइरहेका छन्।

जुम्लामा सर्वपक्षीय छलफल गरी जुम्लालाई राजधानी नबनाइए आन्दोलन गर्ने चेतावनी दिइएको छ। त्यहाँका नागरिक अगुवाहरुको पहलमा जुम्लालाई प्रदेशको राजधानी बनाउन माग भइरहेको छ।

जुम्लाबाट प्रदेशसभामा निर्वाचित सांसद नरेश भण्डारी कर्णालीको सन्तुलित विकासका लागि जुम्लालाई राजधानी बनाउनुपर्ने बताउँछन्। उनले विशेषगरी जुम्लालाई मौसमी राजधानी बनाउनुपर्नेमा जोड दिएका छन्। यो प्रदेशको भौगोलिक अवस्था अनुसार ग्रीष्मकालीन र शीतकालीन राजधानी बेग्लाबेग्लै बनाउनुपर्ने उनको धारणा छ।

Ncell 2
Ncell 2
nimb
nimb

उनी भन्छन्, ‘जुम्लालाई ग्रीष्मकालीन र सुर्खेतलाई शीतकालीन राजधानी बनाउनु जरुरी छ।’

कालिकोटमा भएको सर्वपक्षीय छलफलका सहभागीहरुबीच प्रदेशको नामबारे एकमत भए पनि राजधानीका विषयमा मतभेद देखिएको छ। समुन्नत समाजका लागि सामूहिक प्रयासको आयोजनामा भएको छलफलमा कालिकोटबाट प्रदेशसभा सदस्यमा निर्वाचित सांसद कुर्मराज शाहीले प्रदेश नम्बर ६ को नाम पहिचानका आधारमा कर्णाली प्रदेश र राजधानी सामाथ्र्यका आधारमा सुर्खेत हुनुपर्ने बताए।

शाहीले आफूले र आफ्नो पार्टी नेकपा एमालेले निर्वाचनअघि घोषणापत्रमार्फत पनि यही एजेन्डा उठाएको र जनताले त्यसलाई अनुमोदन गरिसकेको दाबी गरे। उनले नाम र राजधानीका विषयमा थप विवाद गर्नुनपर्ने भन्दै यो प्रदेशको ठूलो भूभाग ओगटेको कर्णाली क्षेत्रको पहिचान अनुसार प्रदेशको नाम पनि कर्णाली नै राखिनुपर्ने जनाए। तर, राजधानीका लागि भने सुर्खेत नै उपयुक्त रहेको उनको भनाइ थियो।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

जिल्ला बार इकाई कालिकोटका अध्यक्ष हिक्मतबहादुर विष्टले प्रदेश नम्बर ६ को नाम कर्णाली प्रदेश हुनुपर्ने तर राजधानी भने मौसमी हुनुपर्ने धारणा राखे। उनले स्थायी राजधानी सुर्खेत भए पनि कर्णालीलाई सम्बोधनका लागि मौसमी राजधानी भने कर्णालीमा राख्न सकिनेमा जोड दिए।

नेपाली कांग्रेसका पार्टी सभापति हर्षबहादुर बमले राजधानी बनाउँदा प्राविधिक पक्षहरु पनि हेरिनुपर्ने भन्दै सुर्खेत नै उपयुक्त भएको बताए। नाम भने कर्णाली नै हुनुपर्ने उनको तर्क थियो। नेकपा एमालेका जिल्ला उपाध्यक्ष रमेश शाहीले राजधानीका आवश्यक पूर्वाधारहरु सुर्खेतमा बनिसकेको र कर्णालीका लागि पनि सुर्खेत नै राजधानीका लागि उपयुक्त हुने धारणा राखे।

तर, नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले नामसँगै राजधानी पनि कर्णालीमा नै हुनुपर्नेमा जोड दिए। उनले कर्णाली बाहेक अन्यत्र राजधानी बनाए कर्णालीको विकास हुन नसक्ने बताए। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लालबहादुर शाहीले कर्णालीको समृद्धिका लागि राजधानी पनि कर्णालीमै हुनुपर्ने धारणा राखे।

यस्तै, पचालझरना गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवालले प्रदेश नम्बर ६ को नाम पहिचानका आधारमा कर्णाली प्रदेश र राजधानी पनि कर्णालीमै हुनुपर्ने बताए।

प्रकाशित मिति: बुधबार, पुस १९, २०७४  १५:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढीको पूर्वसूचना र जोखिम न्यूनीकरणका लागि सरकारको नयाँ रणनीति, चार हिमतालको सतह घटाइने
बुधबारसम्मको मौसम ठिक, बिहीबार खतरा !
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन
सम्बन्धित सामग्री
हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ रामेछापको उमाकुण्ड गाउँपालिकाको केन्द्र प्रीतिमा आयोजित पार्टी गाउँपालिका कमिटी पुनर्गठन कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले रोजगारीक... आइतबार, कात्तिक ८, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ‘पार्टी जागरण अभियान’ शुभारम्भ गर्दै उनले दुई दलबीच राजनीतिक कार्यशैली र सुशासनप्रतिको... शनिबार, कात्तिक ७, २०८३
जनताको घरदैलोमा पुगेर असन्तुष्टि सुन्छौँ : माधव नेपाल शनिबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा दुईमहिने राष्ट्रिय जागरण अभियानको शुभारम्भ गर्दै उनले जनतासँग प्रत्यक्ष संवाद गरेर गुनासा,... शनिबार, कात्तिक ७, २०८३
ताजा समाचारसबै
हुथी आक्रमणपछि दुई सातादेखि बन्द रियाद विमानस्थलमा उडान फेरि सञ्चालनमा, तर अझै आक्रमणको चेतावनी आइतबार, कात्तिक ८, २०८३
बाढीको पूर्वसूचना र जोखिम न्यूनीकरणका लागि सरकारको नयाँ रणनीति, चार हिमतालको सतह घटाइने आइतबार, कात्तिक ८, २०८३
बुधबारसम्मको मौसम ठिक, बिहीबार खतरा ! आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कङ्गोमा इबोलाविरुद्धको खोप परीक्षण सुरुः महामारी नियन्त्रणमा नयाँ आशा आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्