काठमाडौं- भुटानको थिम्पुमा मंगलबारदेखि ५औं मैत्रीपूर्ण टेनिस प्रतियोगिता सुरु भएको छ। प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भूटानका ७२ खेलाडीको सहभागिता छ।
मेन्स सिंगल्स, लेडिज सिंगल्स,४५ वर्ष माथि समूहको भेट्रान्स सिंगल्सका खेल प्रतियोगितामा समावेश छन्। नेपालका तर्फबाट मेन्स सिंगल्समा एवन लिसानेबिच र कमल थापा, लेडिज सिंगल्समा अश्लेषा लिसानेबिच तथा ४५ वर्षमाथि समूह सिंगल्समा कमल थापा, चाम्बा धोण्डुप र प्रताप मोक्तानले भाग लिएका छन्।
मंगलबार भएको मेन्स सिंगल्सको पहिलो राउण्डमा नेपालका कमल थापाले भूटानका टासी दोर्जे लाई (७-५,७-६) र एवन लिसानेबिचले भूटानकै जिग्मे नोर्बु लाई (६-०,६-२) मा पराजित गरे।
लेडिज सिंगल्सको पहिलो राउन्डमा नेपालकी असलेषाले भूटानकी चेन्चो डेमलाई (६-०,६-०) मा पराजित गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।