• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

राष्ट्रियसभा निर्वाचनमा सबैको चासो, यस्तो छ संसद्‍को नालीबेली

64x64
नेपाल लाइभ बुधबार, पुस १९, २०७४  १४:१३
1140x725

काठमाडौँ- राष्ट्रियसभा निर्वाचन नभई प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गर्न र नयाँ सरकार गठन गर्न अप्ठेरो पर्ने भएपछि अब सबैको ध्यान राष्ट्रियसभा निर्वाचनमा केन्द्रित भएको छ। 

पहिले राष्ट्रियसभाको निर्वाचन कि प्रतिनिधिसभाको मतपरिणाम भन्ने प्रमुख दलबीचको मतभेदका बीच निर्वाचन आयोगले यसबारेको संवैधानिक व्यवस्थाका बारेमा स्पष्ट पारेपछि राष्ट्रियसभा निर्वाचनको तयारी थालिएको हो।

सरकारले राष्ट्रियसभाको निर्वाचन आगामी माघ २५ गते तोक्ने तयारी गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवसँगको भेटमा राष्ट्रियसभा निर्वाचनको मिति माघ २५ गते तोक्ने विषयमा सहमति जनाएका छन्।

त्यसैको तयारीका लागि प्रधानमन्त्री देउवाले आवश्यक परामर्श गर्न सर्वदलीय बैठकको बोलाएका छन्। उनले मंगलबार नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग यस बारेमा छलफल गरे।

यसअघि प्रमुख दलबीच राष्ट्रियसभा निर्वाचन एकल संक्रमणीय वा बहुमतीय निर्वाचन प्रणाली कुन आधारमा हुने भन्ने विवादका कारण त्यससम्बन्धी अध्यादेश आउन दुई महिना ढिलो हुन पुग्यो। 

अन्ततः राष्ट्रपति विद्यादेवी भण्डारीले दलको परामर्शमा यही पुस १४ गते राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश जारी गरेसँगै राष्ट्रियसभा निर्वाचनको बाटो खुलेको हो। राष्ट्रियसभा निर्वाचनको तयारीका लागि आयोगले यही पुस १३ गते दल दर्ता गर्न सूचना सार्वजनिक गरिसकेको छ। 

अब राष्ट्रियसभाको निर्वाचन सम्पन्न भई प्रतिनिधिसभाले पूर्णता पाउने र त्यसपछि मात्र नयाँ सरकार गठन हुने निश्चित भएको छ। 

संसद्को नालीबेली 
नेपालको पहिलो लिखित संविधान ‘नेपाल सरकारको वैधानिक कानुन, २००४’ मा सर्वप्रथम दुई सदनात्मक व्यवस्थापिकाको प्रावधान थियो। तल्लो सदनलाई राष्ट्रसभा भनिन्थ्यो भने माथिल्लो सदनलाई भारदारीसभा भनिएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

कूल ७० सदस्यीय राष्ट्रसभामा ४२ जना निर्वाचित र २८ सदस्य श्री ३ बाट मनोनीत गरिने व्यवस्था थियो। भारदारीसभामा सबै संस्था, पेशा, रोजगार, विशेष योग्यताद्वारा मुलुकको गौरव बढाएका व्यक्तिको ख्याल राखी श्री ३ बाट बढीमा ३० जना सदस्य नियुक्त गर्ने व्यवस्था थियो। यो संविधान २००४ साल माघ १३ गते घोषणा भए पनि लागू भने हुन सकेन। 

नेपालमा प्रजातन्त्र स्थापनापछि दोस्रो लिखित संविधानका रुपमा ‘नेपालको अन्तरिम शासन विधान, २००७’ चैत २९ गते लागू भएको थियो। यस संविधानअनुसार राजा र मन्त्रिमण्डललाई सुझाव, सल्लाह र सहयोग पुर्याउन एक सल्लाहकार सभाको गठन गरिएको थियो। कूल २० सदस्यीय सल्लाहकार सभाका सदस्यहरु नियुक्त गर्दा भौगोलिक र जनसङ्ख्याका आधारमा नियुक्त गरिएको थियो। 

२०१५ फागुन १ गते घोषणा भएको ‘नेपाल अधिराज्यको संविधान, २०१५’ मा दुई सदनात्मक व्यवस्थापिका रहने उल्लेख थियो। जसमा माथिल्लो सदनलाई महासभा र तल्लो सदनलाई प्रतिनिधिसभा भनिन्थ्यो। कूल ३६ जना सदस्य रहने महासभामा १८ जना प्रतिनिधिसभाबाट र १८ जना श्री ५ बाट मनोनीत हुने व्यवस्था थियो। प्रतिनिधिसभामा मुलुकभरबाट निर्वाचित १०९ जना सदस्य रहने व्यवस्था थियो। 

निर्वाचित सरकारलाई विघटन गरी प्रजातन्त्रलाई समाप्त पार्दै तत्कालीन राजा महेन्द्रले ‘नेपालको संविधान, २०१९’ पुस १ गते लागू गर्नुभयो। उक्त संविधानमा कूल ९० सदस्यीय एक सदनात्मक ‘राष्ट्रिय पञ्चायत’को व्यवस्था थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रजातन्त्रको पुनः स्थापनापछि ‘नेपाल अधिराज्यको संविधान, २०४७’ कात्तिक २३ गते जारी भएको थियो। यस संविधानमा माथिल्लो सदन राष्ट्रियसभा र तल्लो सदन प्रतिनिधिसभा गरी दुई सदनात्मक व्यवस्थापिकाको प्रावधान थियो। प्रतिनिधिसभा मुलुकभरका निर्वाचन क्षेत्रबाट निर्वाचित कूल २०५ जना सदस्य रहन्थे भने राष्ट्रियसभामा मनोनीत र निर्वाचित गरी कूल ६० सदस्य रहने व्यवस्था थियो। 

२०६२/६३ को आन्दोलनको सफलतासँगै जारी भएको नेपालको अन्तरिम संविधान, २०६३ मा प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीअनुसार निर्वाचित तथा मनोनीत गरी कूल ६०१ सदस्यीय व्यवस्थापिका–संसद्को प्रावधान थियो। 

त्यस्तै नेपालको संविधानको भाग ८ मा संघीय व्यवस्थापिका गठनबारे उल्लेख छ। धारा ८३ अनुसार २७५ सदस्यीय प्रतिनिधिसभा र धारा ८६ अनुसार ५९ सदस्यीय राष्ट्रियसभा गठन हुनेछ। त्यसमध्ये प्रतिनिधिसभाको निर्वाचन गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न भइसकेको छ भने अध्यादेश जारी भएसँगै राष्ट्रियसभा निर्वाचनको तयारी थालिएको छ।रासस 
 

प्रकाशित मिति: बुधबार, पुस १९, २०७४  १४:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढीको पूर्वसूचना र जोखिम न्यूनीकरणका लागि सरकारको नयाँ रणनीति, चार हिमतालको सतह घटाइने
बुधबारसम्मको मौसम ठिक, बिहीबार खतरा !
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
हुथी आक्रमणपछि दुई सातादेखि बन्द रियाद विमानस्थलमा उडान फेरि सञ्चालनमा, तर अझै आक्रमणको चेतावनी आइतबार, कात्तिक ८, २०८३
बाढीको पूर्वसूचना र जोखिम न्यूनीकरणका लागि सरकारको नयाँ रणनीति, चार हिमतालको सतह घटाइने आइतबार, कात्तिक ८, २०८३
बुधबारसम्मको मौसम ठिक, बिहीबार खतरा ! आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कङ्गोमा इबोलाविरुद्धको खोप परीक्षण सुरुः महामारी नियन्त्रणमा नयाँ आशा आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्