भारत– रोहित शर्माले यस विश्वकपको चौथो शतक बनाएका छन्। एकै विश्वकपमा ४ शतक लगाउने पहिलो भारतीय ब्याट्सम्यान हुन्। यसअघि भारतका सौरभ गांगुलीले तीन शतक बनाएका छन्।
यसका साथै रोहित यस विश्वकपमा सवैभन्दा धेरै रन बनाउने ब्याट्सम्यान समेत ठहरिएका छन्। उनले अष्ट्रेलियाका डेबिड वार्नरलाई पछि छाडेर ५ सय ४४ र बनाए। वार्नरले ५१६ रन बनाएका छन्।
सन् २०१५ मा श्रीलंकाका कुमार सागकाराले चार शतक बनाएका थिए।
रोहितले यस विश्वकपका ७ खेलमा पाँच पल्ट अर्धशतक पार गरेका छन्।
रोहित वर्ल्डकप इतिहासमा ५ शतक बनाउने तेस्रो ब्याट्सम्यान यसअघि अस्ट्रेलियाका रिकी पोन्टिङ, श्रीलंकाका कुमार सांगकाराले पाँच शतक लगाएका छन्। वर्ल्डकपमा बढी शतक सचिन तेन्दुलकरले बनाएका छन्। उनले ६ शतक बनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।