एजेन्सी– न्युजिल्यान्डका ब्याट्सम्यान कोलिन मुन्रोले टी–२० क्रिकेटमा नयाँ रेकर्ड बनाएका छन्।
मुन्रोले बुधबार वेस्ट इन्डिजविरुद्धको तेस्रो टी–२० खेलमा शतक प्रहार गर्दै रेकर्ड बनाएका हुन्। मुन्रो टी–२० मा तेस्रो शतक प्रहार गर्ने पहिलो खेलाडी बने। मुन्रोले तेस्रो शतक प्रहार गर्ने क्रममा ४७ बल खेलेर ३ चौका र १० छक्का प्रहार गरे।
ओपनिङ ब्याट्सम्यान मुन्रो १ सय ४ रनमा आउट भए।
यसअघि मुन्रोले ४ नोभेम्बर २०१७ मा भारतविरुद्ध शतक प्रहार गरेका थिए। उनले राजकोटमा भएको खेलमा शतक प्रहार गरेका थिए। उनले पहिलो टी–२० शतक भने ६ जनावरी २०१७ मा बंगलादेशविरुद्ध प्रहार गरेका थिए।
टी–२० क्रिकेटमा अहिलेसम्म ३० शतक बन्दा भारतका रोहित शर्मा र वेस्ट इन्डिजका क्रिस गेलले २–२ शतक प्रहार गरेका छन्। अन्य २३ खेलाडीले १–१ शतक बनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।