काठमाडौं– पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएपछि विद्यार्थी संगठनहरुले सरकार र नेपाल आयल निगम विरुद्ध आन्दोलनको घोषणा गरेका छन्।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने सरकारको निर्णय विरुद्व एमाले र माओबादीका युवा तथा विद्यार्थी संगठन आन्दोलनमा उत्रिएका हुन्।
संयुक्त वाम युवा विद्यार्थी संघ संगठनको बुधबार बिहान बसेको बैठकले आज दिउँसो ३ बजे प्रदर्शनी मार्गमा विरोध जुलुस निकाल्ने निर्णय गरेको हो।
बैठकले भोलि नेपाल आयल निगमको कार्यालय घेराउ गर्ने र शुक्रबार निर्वाचन आयोग अगाडि सार्वजनिक सडक बहस गर्ने निर्णय समेत गरेको अनेरास्ववियुका उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए।
निर्वाचनको मतपरिणाम सार्वजनिक गर्न ढिलाइ गरेको भन्दै वाम गठबन्धनका युवा तथा विद्यार्थी संगठन निर्वाचन आयोगसँग समेत रुष्ट छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।