काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज पनि बस्ने भएको छ। बैठक दिउँसो २ बजेलाई डाकिएको हो।
'बैठकमा समानुपातिकबाट निर्वाचन आयोगमा नाम सिफारिस गरिएका प्रदेशसभा सदस्यहरुको नामावली सच्याएर पठाउनेबारे छलफल हुनेछ,' कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका सदस्य बालकृष्ण खाँणले भने, 'राष्ट्रियसभा निर्वाचनका लागि आयोगले मिति प्रस्ताव गरेपछि पार्टी दर्ता, उम्मेदवार र अन्य विषयमा पनि बैठकले आवश्य निर्णय गर्नेछ।'
नेपाली कांग्रेससहित ६ वटा दलले प्रदेशससभा सदस्यको समानुपातिकतर्फ बुझाएको सांसदको नामावली नमिलेको भन्दै सच्याउन निर्वाचन आयोगले मंगलबार निर्देशन दिइसकेको छ। समावेशीको प्रावधानअनुसार ती पार्टीले बुझाएको नामावली मिलेको थिएन।
हिजो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको छलफलपछि आज पुन: बस्न लागेको कांग्रेसको बैठक महत्वपूर्ण मानिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।