म्यानचेस्टर– इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले वाटफोर्डलाई पराजित गरेको छ। सिटी मंगलबार भएको खेलमा ३–१ गोलले पराजित गरेको हो। सिटीका लागि रहिम स्टर्लिङ र सर्जियो अग्युरोले १–१ गोल गर्दा १ गोल उपहार स्वरुप पायो।
खेलको पहिलो मिनेटमा स्टर्लिङले लिरोए सानेको पासमा गोल गरेर सिटीलाई अग्रता दिलाए। स्टर्लिङलेको यो गोल प्रिमियर लिगको सिजनको सर्वाधिक छिटो गोल हो। समग्र प्रिमियर लिग इतिहासमा भने तेस्रो छिटो गोल हो।
१३ मिनेटमा सिटीका केभिन डे ब्रुइनको क्रस रोक्ने क्रममा वाटफोर्डका क्रिस्टियन काबासेलेले आफ्नै पोस्टमा गोल गरेपछि सिटीको अग्रता २–० मा पुग्यो।
६३ मिनेटमा अग्युरोले सिटीका लागि तेस्रो गोल गरेका थिए। ८२ मिनेटमा वाटफोर्डका आन्द्रे ग्रेले गरेको गोल सान्त्वनामै सीमित बन्यो।
लिगको अन्य खेलमा क्रिस्टल प्यालेसले साउथह्याम्टनलाई २–१, टोटह्याम्टनले स्वान्सी सिटी २–० र वेस्ट ह्यामले वेस्ट ब्रुमलाई २–१ ले पराजित गरेक छन्।
लिगमा सिटी २२ खेलमा ६२ अंक जोडेर शीर्ष स्थानमा छ। दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ४७, तेस्रो स्थानको चेल्सीको ४५, चौथो स्थानको लिभरपुलको ४४ र पाँचौ स्थानको टोटनह्यामको ४० अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।