काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभाको निर्वाचन मिति र प्रदेश प्रमुखको नियुक्तका लागि सर्वदलीय बैठक बोलाएका छन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटपछि प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका हुन्। भेटमा दाहालले नयाँ सरकार गठनका राष्ट्रियसभा निर्वाचन छिटो गराउन पहल गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका थिए।
प्रधानमन्त्री देउवाले पुस २० मा एमाले, माओवादी केन्द्र, राजपा र संघीय समाजवादी फोरमलाई सर्वदलीय बैठकका लागि डाकिएको कांग्रेसका नेता रामचन्द्र पौडलले जानकारी दिए।
दाहालसँगको भेटमा प्रधानमन्त्री देउवाले आफू सत्ता छाड्न तयार रहेको बताएका थिए। तर उनले तत्काल सरकारबाट बाहिरिन कानुनी समस्या भएकाले सबै दलको सहमति राजनीतिक गतिरोध अन्त्यका लागि पहल गर्न दाहाललाई आग्रह गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।