काठमाडौं– राखेप च्याम्पियनसिप अन्तर्गत राष्ट्रिय महिला फुटबलमा नेपाल पुलिस क्लब र मध्यमाञ्चल विजयी भएका छन्। पुलिसले सुदुरपश्चिमाञ्चललाई २–१ ले हरायो। मध्यमाञ्चलले पहिलो जित दर्ता गराउने क्रममा पूर्वाञ्चलमाथि ४–० को जित निकाल्यो।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा पुलसिका लागि चन्द्रा भण्डारीले १६ मिनेटमा फ्रिकिकमार्फत गोल गरेर पुलिसलाई अग्रता दिलाइन्। ५७ मिनेटमा सुदुरपश्चिमाञ्चलकी निरु थापाले बराबरी गोल फर्काइन।
तर आठ मिनेटपछि निर्मला उपाध्यायले गोल गरेर पुलिससलाई जित दिलाइन्। पुलिसकी घिमकुमारी गुरुङकोपेनाल्टीलाई सुदुरपश्चिमाञ्चलकी गोलकिपर उषा नाथले विफल पारिन्।
मध्यमाञ्चनले पूर्वाञ्चलविरुद्ध जित निकाल्दा रश्मीकुमारी घिसिङले ६ र ८१ मिनेटमा गोल गरिन्। कप्तान मेनुका नगरकोटी र सविता राना मगरले क्रमश: ३२ र ६१ मिनेटमा गोल गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।