इंग्ल्यान्ड– वर्ल्ड कप २०१९ को सेमिफाइनलको समीकरणमा हरदिन नयाँ धार लिइरहेको देखिन्छ। आइतबार इंग्ल्यान्डसँग भारत पराजित भएपछि भारतलाई भन्दा बढी दु:ख पाकिस्तानलाई लागेको होला।
किन भारतको हारमा पाकिस्तानले पीर लिएको छ भने भारतसँग इंग्ल्यान्डले हार्ने बित्तिकै पाकिस्तानको सेमिफाइनल यात्रा सहज हुन्थ्यो। भारत सेमिफाइनलमा पुग्थ्यो। अहिलेसम्म अष्ट्रेलिया मात्रै सेमिफाइनलमा पुगेको छ।
अष्ट्रेलिया सेमिफाइनलमा कोसँग भिड्ला ?
न्युजिल्यान्ड, इंग्ल्यान्ड, पाकिस्तान वा बंग्लादेशस जोसँग पनि पर्न सक्छ।
भारत सात खेलमा ११ अंकसहित दोस्रो नम्बरमा छ। भारतसँग दुई खेल छन्, श्रीलंका र बंगलादेशसँग।
सेमिफाइनलमा पुग्नका लागि भारतलाई बंगलादेश वा श्रीलंकासँग जित्नैपर्ने दबाब छ । दुवै खेल भारतले हार्यो तर इंग्ल्यान्डले न्युजिल्यान्डलाई ठूलो अन्तरले हरायो भने भारत बाहिरिन्छ। त्यसपछि पाकिस्तान वा बंगलादेश सेमिफाइनलमा पुग्न सक्छन्।
न्युजिल्यान्डले अहिलेसम्म कुल आठ खेल खेलेर उसको अंक ११ छ। अंकतालिकामा न्युजिल्यान्ड तेस्रो नम्बरमा छ। अब इंग्ल्यान्डसँग उसले अन्तिम खेल खेल्दैछ। यो खल जित्नैपर्ने हुन्छ। यदि उसले हार्यो भने सेमिफाइनलको यात्रामा अड्चन अइ लाग्नेछ। त्यसपछि रनरेटका आधारमा फैसला हुनेछ। उसका लागि बंगलादेश चुनौती बन्न सक्छ, यदि भारत र पाकिस्तानसँग उसले खेल जित्यो भने।
भारतलाई हराएर इंग्ल्यान्ड फेरि सेमिफाइनलको दौडमा आइपुगेको त छ तर बुधबार न्युजिल्यान्डसँग उसले अन्तिम खेल खेल्दैछ।
यी दुई मध्ये जुन टिमले हारे पनि हार्नेले समिफाइनल यात्रा गर्न अन्य टिमको नतिजामा भर पर्नुपर्नेछ।
यदि न्युजिल्यान्डसँग इंग्ल्यान्ड हार्यो र बगलादेश पाकिस्तानसँग हार्यो भने इंग्ल्यान्डको विश्वकप यात्रा टुंगिनेछ। यदि बंगलादेशले भारत र पाकिस्तान दुवैलाई हरायो भनेपनि इंग्ल्यान्ड खेलबाट बाहिरिनेछ।
पाकिस्तानले आठ खेलेर ९ अंक जोडेको छ। पाकिस्तानको अन्तिम खेल बंगलादेशसँग छ। पाकिस्तानलाई न्युजिल्यान्डले इंग्ल्यान्ड हराइदिने अपेक्षा छ। यदि न्युजिल्यान्ड इंग्ल्यान्डसँग हार्यो भने पाकिस्तानले बंगलादेशलाई ठूलोअन्तरले हराएर रनरेट बलियो बनायो भने मात्रै सेमिफाइनल पुग्छ।
बंगलादेशले अब दुवै खेल जितेमा मात्रै सेमिफाइनल यात्राको अपेक्षा गर्न मिल्छ। भारत र पाकिस्तानसँग खेल्न बाँकी खेल जित्यो र न्युजिल्यान्डले इंग्ल्यान्डलाई हरायो भने सेमिफाइनलमा पुग्न सक्छ। श्रीलंका, वेस्ट इन्डिज, दक्षिण अफ्रिका र अफगानिस्तान भने सेमिफाइनलको यात्राबाट बाहिरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।