• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सरकारको तारिफ गर्ने मौका त दिनुस्

64x64
नेपाल लाइभ सोमबार, असार १६, २०७६  १६:००
1140x725

लोकतन्त्रमा आफूलाई चित्त नबुझेको कुरामा असहमत हुन पाइन्छ। मलाई सरकारका केही काम गराइ र बोलाइमा पटक्कै चित्त बुझ्दैन। त्यसैले म विरोध गर्छु। 

के मैले सरकारको विरोध गर्न कसैसँग अनुमति लिनुपर्छ र? पर्छ कहाँबाट लिने, केके फाराम भर्नुपर्छ; म तयार छु। म कुनै विचारधारालाई मान्छु भन्दैमा ती विचारधारा राख्ने पार्टीका नेताले भनेका सबै कुरा सही मानेर हा मा हा मिलाउन सक्दिनँ। म जिम्मेवार नागरिक हुँ र अझै जिम्मेवार हुन चाहन्छु। त्यसैले म गलत कुराको विरोध गर्छु। 

तपाईं मलाई सरकार विरोधी भन्नुस् या प्रतिपक्षको समर्थक, त्यो कुराले मलाई खासै फरक पर्दैन। म गलत कुराको विरोध गर्छु, त्यो मैले फलो गरेको पार्टीले गरोस् या सरकारमा बसेका नेताले। तपाईं सही गर्नुहोस्, त्यो बेलामा सपोर्ट पनि गर्छु तर छातीमा हात राखेर सोच्नुस् र भन्नुस् के कति सही गर्नुभएको छ? तपाईंको सरकारले सबै कुरा सही गरेको छ भन्ने लाग्छ भने मलाई बुझाइदिनुहोस्, म भोलिबाट तपाईंहरुकै गुनगान गाएर बस्छु। 

सरकारले सबै कुरा सही गरेको छ भन्ने लाग्छ भने मलाई बुझाइदिनुहोस्, म भोलिबाट तपाईंहरुकै गुनगान गाएर बस्छु। तपाईंका राम्राराम्रा कुराको तारिफ गर्ने मौका दिनुस्।

तपाईंलाई लाग्न सक्छ मेरो सोच नै नकारात्मक छ। हो, म नकारात्मक सोच्छु तर मलाई किन र केका लागि नकारात्मक सोच्न बाध्य बनाइयो? त्यो कुरा तपाईंलाई थाहा हुनु जरुरी छ। यसमा मेरो पनि कमजोरी छ किनकि म तपाईंका 'अरिंगाल' जसरी कानमा तेल हालेर बस्न सकिनँ। आफ्ना आँखैअगाडि भइरहेका गलत कुरालाई सही भन्न सकिनँ।

तपाईंहरुका हावादारी, बकम्फुसे साथै नचाहिने कुराले मलाई तपाईंहरु प्रति नकारात्मक बनायो। हो, मैले पनि बुझेको छु कुनै कुरो रातारात परिवर्तन हुँदैन। परिवर्तनका लागि निश्चित समय लाग्छ। म त्यति नबुझे जसरी, हिजो भनेको आज किन भएन भनेर प्रश्न पनि सोध्दिन। त्यसरी सोध्नु मेरो मुर्खता हो। 

मैले कुनै दिन पानीजहाज, रेल किन आएन भनेर सोधेको पनि छैन। त्यो ६/८ महिनामा आउने कुरा पनि होइन। यसको लागि समय लाग्छ। जुन कुरा समय लाग्छ, त्यो भोलि नै आउने जसरी जब कुरा गर्नुहुन्छ, त्यो बेला मलाई तपाईंहरूको विरोध गर्न मन लाग्छ। अझ तपाईंका अरिंगालहरुको तपाईंप्रतिको अन्धभक्ति देखेर अझ बढी विरोध गर्न मन लाग्छ। 

के यो सबै फरक विचारधारा बोक्ने भएकाले मात्रै आएको हो त? पक्कै होइन। यति विरोध र नकारात्मक सोच तपाईंहरुकै कारण आएको हो। 

Ncell 2
Ncell 2
nimb
nimb

हुन त तपाईंलाई संसारको सबैभन्दा जान्नेबुझ्ने मान्छे म मात्रै छु जस्तो लाग्दो हो। त्यो सम्झिँदा अझै बढी वितृष्णा पैदा हुन्छ र विरोध गर्न मन लाग्छ। तपाईंहरूले सानासाना कुरामा बोलेका झुटहरु देखी अझ बढी रिस उठ्छ। आजको हाम्रो आवश्यकता के हो भन्ने कुराको नजरअन्दाज गरेको देख्दा दुःख लागेर आउँछ। जनतालाई सास्ती दिएर सवारी चलाएको देख्दा मेरो मनले थाम्नै नसकेर तपाईंको विरोध मात्रै होइन चिच्याएर गाली गर्न मन लाग्छ।

के यो सबै फरक विचारधारा बोक्ने भएकाले मात्रै आएको हो त? पक्कै होइन। यति विरोध र नकारात्मक सोच तपाईंहरुकै कारण आएको हो। 

सोचेर भन्नुस्, गएको डेढ वर्षमा तपाईंले केही गर्नुभयो? गर्नुभयो त सिर्फ ठूलाठूला गफ र काण्डको फेहरिस्त तयार गर्नुभयो। जहिले अर्कोलाई दोष दिनुभयो। बर्बाद गरेर छोडेको थियो सम्हाल्नै गाह्रो जस्तो देखाउनुभयो। जहिले आफू पानीमाथिको ओभानो हुन खोज्नुभयो। जहिल्यै आफ्ना नजिकका मान्छेलाई च्याप्ने काम गर्नुभयो। ठूलाठूला भ्रष्टचारलाई प्रश्रय  दिने काम गर्नुभयो।

देशको बागडोर तपाईंको हातमा छ। यसलाई कसरी अगाडि बढाउने र कहाँ पुर्‍याउने भन्ने लगाम तपाईंसँग छ। मसँग होइन। अलिकति पनि सोचविचार नगरी कहिले यसले झुट बोल्यो, कहिले मलाई थाहै भएन, पत्रिका पढेर थाहा पाएँ भनेर किन गैरजिम्मेवारी जवाफ दिनुहुन्छ?

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आसेपासेहरुको मात्रै होइन अरूको कुरा पनि सुन्ने बानी बसाल्नुस्। दिनदिनै तपाईं र तपाईंका अरिंगालहरुको झुट प्रचारले म जस्ता हजारौं जनता आजित भइसकेका छन्, बेलैमा सोच्नुस्। 

वाइडबडी अनियमितता छानबिन कहाँ पुग्यो? बालुवाटारको जग्गा प्रकरण के भइरहेको छ? मिडिया विधेयकबारे प्रस्ट पार्दिनुस्। हतारोमा ल्याएको गुठी विधेयक त फिर्तै गर्नुपर्‍यो। सुरुमा गल्ती गरेर पछि सच्याउने काम राज्य सञ्चालकले गर्ने होइन। काम गर्नुअघि सल्लाह लिने गर्नुहोस् ताकि पछि पछुताउनु नपरोस्। सबै आसेपासे, अरिंगालहरुको मात्रै होइन अरूको कुरा पनि सुन्ने बानी बसाल्नुस्। दिनदिनै तपाईं र तपाईंका अरिंगालहरुको झुट प्रचारले म जस्ता हजारौं जनता आजित भइसकेका छन्, बेलैमा सोच्नुस्। 

त्यसैले हामीलाई तपाईंका राम्राराम्रा कुराको तारिफ गर्ने मौका दिनुस्, प्रधानमन्त्रीज्यु। जहिलेसम्म सरकारलाई जनताले आफ्नो महसुस गर्नेछैनन्, म खबरदारी गरिरहनेछु।

प्रकाशित मिति: सोमबार, असार १६, २०७६  १६:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम दशैँमा विभिन्न मासुका परिकार, अण्डा, दूध–दही, मिठाइ, फलफूल, च्याउ, पनिर, आइसक्रिम, केक इत्यादि तयार गरिन्छ। अनि बिदामा रमाइलो गर्नुप... बुधबार, कात्तिक ४, २०८३
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालित... मंगलबार, कात्तिक ३, २०८३
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक सम्पदा अवलोकन गरेर फर्किन्थे । हनुमानढोका, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्