• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सरकारको तारिफ गर्ने मौका त दिनुस्

64x64
नेपाल लाइभ सोमबार, असार १६, २०७६  १६:००
1140x725

लोकतन्त्रमा आफूलाई चित्त नबुझेको कुरामा असहमत हुन पाइन्छ। मलाई सरकारका केही काम गराइ र बोलाइमा पटक्कै चित्त बुझ्दैन। त्यसैले म विरोध गर्छु। 

के मैले सरकारको विरोध गर्न कसैसँग अनुमति लिनुपर्छ र? पर्छ कहाँबाट लिने, केके फाराम भर्नुपर्छ; म तयार छु। म कुनै विचारधारालाई मान्छु भन्दैमा ती विचारधारा राख्ने पार्टीका नेताले भनेका सबै कुरा सही मानेर हा मा हा मिलाउन सक्दिनँ। म जिम्मेवार नागरिक हुँ र अझै जिम्मेवार हुन चाहन्छु। त्यसैले म गलत कुराको विरोध गर्छु। 

तपाईं मलाई सरकार विरोधी भन्नुस् या प्रतिपक्षको समर्थक, त्यो कुराले मलाई खासै फरक पर्दैन। म गलत कुराको विरोध गर्छु, त्यो मैले फलो गरेको पार्टीले गरोस् या सरकारमा बसेका नेताले। तपाईं सही गर्नुहोस्, त्यो बेलामा सपोर्ट पनि गर्छु तर छातीमा हात राखेर सोच्नुस् र भन्नुस् के कति सही गर्नुभएको छ? तपाईंको सरकारले सबै कुरा सही गरेको छ भन्ने लाग्छ भने मलाई बुझाइदिनुहोस्, म भोलिबाट तपाईंहरुकै गुनगान गाएर बस्छु। 

सरकारले सबै कुरा सही गरेको छ भन्ने लाग्छ भने मलाई बुझाइदिनुहोस्, म भोलिबाट तपाईंहरुकै गुनगान गाएर बस्छु। तपाईंका राम्राराम्रा कुराको तारिफ गर्ने मौका दिनुस्।

तपाईंलाई लाग्न सक्छ मेरो सोच नै नकारात्मक छ। हो, म नकारात्मक सोच्छु तर मलाई किन र केका लागि नकारात्मक सोच्न बाध्य बनाइयो? त्यो कुरा तपाईंलाई थाहा हुनु जरुरी छ। यसमा मेरो पनि कमजोरी छ किनकि म तपाईंका 'अरिंगाल' जसरी कानमा तेल हालेर बस्न सकिनँ। आफ्ना आँखैअगाडि भइरहेका गलत कुरालाई सही भन्न सकिनँ।

तपाईंहरुका हावादारी, बकम्फुसे साथै नचाहिने कुराले मलाई तपाईंहरु प्रति नकारात्मक बनायो। हो, मैले पनि बुझेको छु कुनै कुरो रातारात परिवर्तन हुँदैन। परिवर्तनका लागि निश्चित समय लाग्छ। म त्यति नबुझे जसरी, हिजो भनेको आज किन भएन भनेर प्रश्न पनि सोध्दिन। त्यसरी सोध्नु मेरो मुर्खता हो। 

मैले कुनै दिन पानीजहाज, रेल किन आएन भनेर सोधेको पनि छैन। त्यो ६/८ महिनामा आउने कुरा पनि होइन। यसको लागि समय लाग्छ। जुन कुरा समय लाग्छ, त्यो भोलि नै आउने जसरी जब कुरा गर्नुहुन्छ, त्यो बेला मलाई तपाईंहरूको विरोध गर्न मन लाग्छ। अझ तपाईंका अरिंगालहरुको तपाईंप्रतिको अन्धभक्ति देखेर अझ बढी विरोध गर्न मन लाग्छ। 

के यो सबै फरक विचारधारा बोक्ने भएकाले मात्रै आएको हो त? पक्कै होइन। यति विरोध र नकारात्मक सोच तपाईंहरुकै कारण आएको हो। 

nimb
nimb
Ncell 2
Ncell 2

हुन त तपाईंलाई संसारको सबैभन्दा जान्नेबुझ्ने मान्छे म मात्रै छु जस्तो लाग्दो हो। त्यो सम्झिँदा अझै बढी वितृष्णा पैदा हुन्छ र विरोध गर्न मन लाग्छ। तपाईंहरूले सानासाना कुरामा बोलेका झुटहरु देखी अझ बढी रिस उठ्छ। आजको हाम्रो आवश्यकता के हो भन्ने कुराको नजरअन्दाज गरेको देख्दा दुःख लागेर आउँछ। जनतालाई सास्ती दिएर सवारी चलाएको देख्दा मेरो मनले थाम्नै नसकेर तपाईंको विरोध मात्रै होइन चिच्याएर गाली गर्न मन लाग्छ।

के यो सबै फरक विचारधारा बोक्ने भएकाले मात्रै आएको हो त? पक्कै होइन। यति विरोध र नकारात्मक सोच तपाईंहरुकै कारण आएको हो। 

सोचेर भन्नुस्, गएको डेढ वर्षमा तपाईंले केही गर्नुभयो? गर्नुभयो त सिर्फ ठूलाठूला गफ र काण्डको फेहरिस्त तयार गर्नुभयो। जहिले अर्कोलाई दोष दिनुभयो। बर्बाद गरेर छोडेको थियो सम्हाल्नै गाह्रो जस्तो देखाउनुभयो। जहिले आफू पानीमाथिको ओभानो हुन खोज्नुभयो। जहिल्यै आफ्ना नजिकका मान्छेलाई च्याप्ने काम गर्नुभयो। ठूलाठूला भ्रष्टचारलाई प्रश्रय  दिने काम गर्नुभयो।

देशको बागडोर तपाईंको हातमा छ। यसलाई कसरी अगाडि बढाउने र कहाँ पुर्‍याउने भन्ने लगाम तपाईंसँग छ। मसँग होइन। अलिकति पनि सोचविचार नगरी कहिले यसले झुट बोल्यो, कहिले मलाई थाहै भएन, पत्रिका पढेर थाहा पाएँ भनेर किन गैरजिम्मेवारी जवाफ दिनुहुन्छ?

आसेपासेहरुको मात्रै होइन अरूको कुरा पनि सुन्ने बानी बसाल्नुस्। दिनदिनै तपाईं र तपाईंका अरिंगालहरुको झुट प्रचारले म जस्ता हजारौं जनता आजित भइसकेका छन्, बेलैमा सोच्नुस्। 

वाइडबडी अनियमितता छानबिन कहाँ पुग्यो? बालुवाटारको जग्गा प्रकरण के भइरहेको छ? मिडिया विधेयकबारे प्रस्ट पार्दिनुस्। हतारोमा ल्याएको गुठी विधेयक त फिर्तै गर्नुपर्‍यो। सुरुमा गल्ती गरेर पछि सच्याउने काम राज्य सञ्चालकले गर्ने होइन। काम गर्नुअघि सल्लाह लिने गर्नुहोस् ताकि पछि पछुताउनु नपरोस्। सबै आसेपासे, अरिंगालहरुको मात्रै होइन अरूको कुरा पनि सुन्ने बानी बसाल्नुस्। दिनदिनै तपाईं र तपाईंका अरिंगालहरुको झुट प्रचारले म जस्ता हजारौं जनता आजित भइसकेका छन्, बेलैमा सोच्नुस्। 

त्यसैले हामीलाई तपाईंका राम्राराम्रा कुराको तारिफ गर्ने मौका दिनुस्, प्रधानमन्त्रीज्यु। जहिलेसम्म सरकारलाई जनताले आफ्नो महसुस गर्नेछैनन्, म खबरदारी गरिरहनेछु।

प्रकाशित मिति: सोमबार, असार १६, २०७६  १६:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने
डीडीसीको बक्यौता भदौ मसान्तसम्म २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भदौ मसान्तसम्म २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष मंगलबार, भदौ २, २०८३
झिनो लक्ष्य प्रस्तुत गरेको नेपाली टोली कर्नाटकविरुद्ध ११६ रनले विजयी मंगलबार, भदौ २, २०८३
सरकार र दुर्गा प्रसाईँको महाअभियानबीच औपचारिक वार्ता सुरु मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्