काठमाडौं- नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुका विद्यार्थी र प्रहरीबीच राजधानीको त्रिचन्द्र क्याम्पस परिसरमा झडप भएको छ। सो झडपमा अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौलालगायत केही नेता-कार्यकर्ता घाइते भएका छन्।
सरकार गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि तथा निर्वाचन आयोगको कामकारबाहीप्रति असन्तुष्ट रहेको अनेरास्ववियुका कार्यकर्ताको प्रदर्शनका क्रममा झडप भएको हो।
प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको छ। प्रदर्शनका कारण त्रिचन्द्र सडक भएर चल्ने सवारी आवागमन अवरुद्ध भएको छ।प्रदर्शनको कारण केशरमहल,जमल,दरबारमार्ग,बसपार्क,न्युरोड,कमलादी,वरपर भएर चल्ने सवारी साधनहरु प्रभावित भएको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।