काठमाडौं– नयाँ शक्ति पार्टीको महाधिवेशन आयोजक समितिको बैठक कास्कीमा सुरु भएको छ। आर्थिक समृद्विको नारासहित गठन भएको नयाँ शक्तिले स्थानीय निर्वाचनसँगै प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा समेत पराजय व्यहोरेको थियो।
मंगलबार बिहानबाट कास्कीको माछापुच्छ्रे गाउँपालिका अन्तर्गत ल्वाङ गाउँमा सुरु भएको बैठकलाई पार्टी संयोजक बाबुराम भट्टराईले सम्बोधन गरेका छन्।

ल्वाङ गाउँ
बैठकमा पार्टी स्थापनादेखि हालसम्मको समीक्षा, आगामी कार्ययोजनबारे छलफल र निर्णय हुने जनाइएको छ। बैठक बिहिबार सम्म चल्नेछ।

तत्कालीन एकीकृत माओवादीकाे केही नेता र केही प्रतिष्ठित व्यक्तिलाई समावेश गरी २०७० सालमा बाबुराम भट्टराईले नयाँ शक्ति पार्टीको गठन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।