म्यानचेस्टर– इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले इभर्टनलाई २–० गोलले पराजित गरेको छ।
सोमबार राति भएको खेलमा युनाइटेडलाई जित दिलाउन एन्थोनी मार्टियल र जेसे लिङ्गार्डले गोल गरेका थिए। मार्टियलले खेलमा ५७ र लिङ्गार्डले ८१ मिनेटमा गोल गरेका थिए।
युनाइटेडले इभर्टनलाई ३८ औं पटक पराजित गरेको हो। युनाइटेडले प्रिमियर लिगका टिम मध्ये बढी खेलमा जित हात पारेको टिम इभर्टन हो।
लिगको अर्को खेलमा लिभरपुलले वर्नलीलाई २–१ गोलले हराएको छ। लिभरपुलका लागि मानेले ६१ मिनेटमा गोल गरे। तर वर्नलीका गुडमनसनले ८७ मिनेटमा गोल गरेर खेललाई बराबरीमा ल्याए। तर दोस्रो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा राग्नार क्लाभानले गोल गरेर लिभरपुललाई जित दिलाए।
लिगमा शीर्ष स्थानको म्यानचेस्टर सिटीको २१ खेलबाट ५९ अंक छ। दोस्रो स्थानमा उक्लिएको युनाइटेडले २२ खेलबाट ४७ अंक बटुलेको छ। एक खेल कम खेलेको तेस्रो स्थानको चेल्सीको ४५ तथा २२ खेलबाट ४४ अंक जोडेको लिभरपुल चौथो स्थानमा छ। पाँचौ स्थानको आर्सनलको ३८ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।