काठमाडौं– रुपन्देही जिल्ला फुटबल संघको अध्यक्षमा कुमार केसी (दीर्घबहादुर) पुन: निर्वाचित भएका छन्। सोमबार भएको साधारणसभामा केसीले निकटतम प्रतिद्वन्द्वी ऋषिराम ज्ञवालीलाई १४ का विरुद्ध ५ भोटले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्। खेमराज गुरुङ, हरि क्षेत्री (भूपेन्द्रबहादुर) र मुकेश कुँवर उपाध्यक्षमा निर्वाचित भएका छन्।
इशान भन्डारी, जुक्तबाहादुर थापा, पदमबाहादुर थापा, प्रेम राना, मनोजकुमार थापा, सोमबहादुर थापा, शंकर मल्ल र होम गलामी र मोतिकाला गुरुङ (महिला) सदस्यमा निर्वाचित भएका छन्।
यता सिरहा जिल्ला फुटबल संघको सोमबार सम्पन्न पाँचौं साधारणसभाले अरुणकुमार साहका अध्यक्षतामा १५ सदस्यीय नयाँ समिति चयन गरेको छ।
समितिका उपाध्यक्षमा शम्भु चौधरी, नागेश्वर यादव र नवीनकुमार यादव, महासचिवमा प्रवीणकुमार यादव र कोषाध्यक्षमा सुमनकुमार श्रेष्ठलाई चयन गरिएको छ। यस्तै समितिका सदस्यमा सरिता पौडेल, श्यामसुन्दर सिंह, राजीवकुमार यादव, दिनेश श्रेष्ठ, अञ्जली राई, हरिप्रसाद साह, साँझकुमार आले मगर, गणेश यादव निर्वाचित भए।
आगामी १४ चैतमा हुने एन्फाको कार्यसमिति निर्वाचनअघि पुस ५ देखि माघ ५ सम्म जिल्ला फुटबल संघको निर्वाचन तोकिएको छ। एन्फामा ४५ जिल्ला फुटबल संघ आवद्ध छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।