काठमाडौँ : भण्डारी क्रिकेट एकेडेमीको शनिबार उद्घाटन गरिएको छ। नेकपा (एमाले)का नेता सुवास नेम्वाङले क्रिकेट एकेडेमीको उद्घाटन गरेका हुन्।
नेता नेम्वाङले एकेडेमी परिसरमा तीन बल खेलेर शुभारम्भ गरेका हन्। एकेडेमीमा नेता नेम्वाङ पहिलो खेलाडी भएको घोषणा गर्दै क्रिकेट पोशाकसमेत एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले क्रिकेट खेलको विकास गर्ने उद्देश्यका साथ एकेडेमीको शुरुआत गरिएको बताए।
मदन भण्डारी स्पोर्टस एकेडेमीको नवौँ स्थापना दिवसका अवसरमा मदन भण्डारी क्रिकेट एकेडेमीको शुभारम्भ समारोहमा उनले राष्ट्रलाई विश्वसामु चिनाउने खेल क्षेत्रको विकास गर्नुपर्छ,जनस्तरबाट भएका पहलमा सहयोग पुर्याउनु पर्ने बताए।
सो अवसरमा हेल्पिङ ह्याण्ड अस्पतालका अध्यक्ष गुप्तबहादुर श्रेष्ठ र एकेडेमीका अध्यक्ष श्रेष्ठले स्वास्थ्यसम्बन्धी सम्झौता गरे। सम्झौतानुसार खेलाडीलाई उक्त अस्पतालमा उपचार गर्दा ५० प्रतिशत छुट दिइने छ । कार्यक्रममा क्रिकेट खेलाडीलाई सम्मान गर्नाका साथै विभिन्न सांस्कृतिक प्रस्तुति दिइएको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।