एजेन्सी– पेनाल्टी सुटआउटमा उरुग्वेलाई हराउँदै पेरु कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ।
बार्सिलोनाका स्टार फरवार्ड लुइस स्वारेजको पेनाल्टी पेरुका गोलरक्षकले रोकेपछि ५–४ को जित निकाल्दै पेरु सेमिफाइनलमा प्रवेश गरेको हो।
निर्धारित ९० मिनेटसम्म गोल हुन नसेकपछि खेलको छिनोफानो पेनाल्टीबाट भएको थियो। उरुग्वेको लागि पहिलो पेनाल्टी प्रहार गरेका स्वारेजको बल पेरुका गोलरक्षकले रोकेका थिए। उरुग्वेका बाँकी चार जना खोलाडी इडिसन काभानी, क्रिस्टियन स्टुआनी, रोड्रिगो बेन्टानकुर र लुकास टोरेरिया डि पासुकाले भने गोल गर्न सफल भएका थिए।

पेरुका भने पाँचै जना खेलाडीले गोल गर्न सफल भएका थिए।
यससँगै सर्वाधिक १५ पटक कोपा अमेरिका जितेको उरुग्वे क्वार्टरफाइनलबाटै बाहिरिएको छ।
पेरु सेमिफाइनल प्रवेश गरेसँगै शीर्ष ४ टोलीको टुंगो लागेको छ। सेमिफाइनलमा अर्जेन्टिनाले ब्राजिलसँग भिड्नेछ भने पेरुले चिलीको सामना गर्नेछ।
चिली साविकको कोपा अमेरिकाको विजेता राष्ट्रसमेत हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।