काठमाडौं– राखेप च्याम्पियनसिप अन्तर्गत राष्ट्रिय महिला फुटबलमा नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबले फराकिलो अन्तरको जित दर्ता गराएका छन्। एपिएफले मध्यपश्चिमाञ्चललाई २६–० गोलले हराउँदा आर्मीले पश्चिमाञ्चललाई १२–० गोलले हरायो।
एपिएफले पहिलो हाफमा १४ तथा दोस्रो हाफमा १२ गोल गर्यो । एपिएफका लागि सावित्रा भण्डारी एक्लैले १२ गोल गरिन्। उनले खेलको ३, १५, १७, २४, ३४, ४०, ४७, ५२, ५९, ६०, ७७ र ९१+१ मिनेटमा गोल गरिन्। राष्ट्रिय फुटबलमा एउटै खेलमा १२ गोल गर्ने सावित्री पहिलो खेलाडी बनिन्।
यस्तै अनिता केसी (११, १६, ४४, ७२ र ८१ मिनेट) ले पाँच गोल गरिन्।। अन्जली योन्जन (२९, ३९, ४९ र ८८ मिनेट) मा गोल थपिन्। रेशा पौडेलले ६५ र ७८ तथा अनिता बस्नेतले १८ मिनेटमा गोल गरेका थिए।
दिनको पहिलो खेलमा आर्मीलाई जित दिलाउन दीपा राईले पाँच गोल गर्दा कप्तान कृष्ण खत्रीले ह्याट्रिक पूरा गरिन्। पुजा राना र सर्मिला थापाले १–१ गोल गर्दा इन्दिरा राईले २ गोल गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।