जनकपुर- सर्लाहीमा अज्ञात समूहले प्रहार गरेको गोली लागेर एक मजदुर घाइते भएका छन्। जिल्लाको लालबन्दी नगरपालिका शनिबार दिउँसो गोली चलेको हो।
घाइते हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका-१ नवलपुरका ३० वर्षीय जयनाथ महतो छन्। मोटरसाइकलमा चढेर आएका २ जना अपरिचित व्यक्तिले गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्। महतोको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। उनको पाखुरामा गोली प्रहार भएकाले ठुलो खतरा नभएको प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि वीरगञ्ज पठाईएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी प्रतितसिंह राठौरले जानकारी दिएका छन्।
गोली प्रहार गर्ने अपराधिक समूहको खोजी कार्य भइरहेको पनि डिएसपी राठौरले जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।