उर्लाबारी- मोरङको बूढीगंगा गाउँपालिका- ७ र सुनवर्षी नगरपालिका- ९ डाइनियामा गएराति आगलागी हुँदा रु २० लाख बराबरको क्षति भएको छ।
आगलागीमा परी बूढीगंगा– ७ का श्याम पौडेलको कच्ची घर, कुखुराको फार्मसमेत जलेर नष्ट हुँदा अन्दाजी रु १० लाख बराबरको क्षति भएको छ। पौडेलको घरमा भएको आगलागीका कारणबारे खुल्न नसकेकाले अनुसन्धान कार्य भइरहेको जिप्रका मोरङका प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी दिए।
त्यसैगरी आगलागीबाट सुनवर्षी– ९ डाइनिया बस्ने मुरली साहको पक्की घर तथा सो घरमा रहेको कपडाको पसल, टेलरिङसमेत जल्दा रु १० लाख बराबरको क्षति भएको छ। साहको घरमा राति १० बजेतिर विद्युत् प्रवाह भई आगलागी भएको थियो। आगोलाई प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।