काठमाडौं– राखेप च्याम्पियनसिपअन्तर्गत राष्ट्रिय महिला फुटबलमा नेपाल पुलिस क्लबले माध्यमाञ्चललाई ६–२ ले पराजित गरेको छ।
पुलिसको जितमा निर्मला विकले चार गोल गरिन्। एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा निर्मलाले ११, १३ र ३६ मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरिन्। उनले ४९ मिनेटमा चौथो गोल गरिन्। पुलिसका लगि अमृता जैसीले १९ र घिमकुमारी गुरुङले ७२ मिनेटमा गोल गरेका थिए।माध्यमाञ्चलका लगि सविता रानामगरले २६ र मिथिला कुसवारले २६ मिनेटमा गोल गरेका थिए।
सुदुरपश्चिमाञ्चलले पूर्वाञ्चललाई ४–० ले हरायो। सुदुरपश्चिमाञ्चलका लागि चन्द्र भन्डारीले ९ र ३७ तथा श्रृसा कार्कीले ८२ र ८९ मिनेटमा गोल गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।