रोम– इटालियन सिरि एमा युभेन्ट्सले शीर्ष स्थानको नापोलीसँगको अंक दूरी १ मा झारेको छ। शनिबार राति हालास भेरोनालाई ३–१ गोलले पराजित गर्दै युभेन्ट्सले नापोलीमाथि दबाब बढाएका छन्।
युभेन्ट्सको जितमा माटुइडीले छैटौं मिनेटमा गोल गर्दा पाब्लो डिबालाले ७२ र ७७ मिनेटमा गरी २ गोल गरे।
लिगको अन्य खेलमा इन्टर मिलानलाई लाजियोले गोलरहित बराबरीमा रोकेको छ। रोमा पनि सासुओलोसँग १–१ बराबरीमै रोकियो।
लिगमा शीर्ष स्थानको नापोलीले १९ खेलबाट ४८ अंक जोडेको छ। दोस्रो स्थानको युभेन्ट्सको ४७ र तेस्रो स्थानको इन्टर मिलानको ४१ अंक छ। रोमा ३९ अंक जोडेर चौथो स्थानमा रहँद पाँचौ स्थानको लाजियोको ३७ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।