म्यानचेस्टर– इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड फेरि बराबरीमा रोकिएपछि तेस्रो स्थानमा झरेको छ।शनिबार भएको खेलमा युनाइटेडलाई साउथह्याम्टनले गोलरहित बराबरीमा रोकेको हो।
यता स्टोक सिटीलाई ५–० गोलले हराएको चेल्सी लिगको अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। चेल्सीको जितमा पाँच फरक खेलाडीले गोल गरे। पाँचौं मिनेटमा रुडिगरले गोल गरेर चेल्सीलाई अग्रता दिलाए। ड्रिंकवाटरले नवौं, पेड्रोले २३, विलियनले ७३ र जापाकोस्टाले ८८ मिने६मा गोल गरेपछि चेल्सीले सानदार जित हात पारेको हो।
लिगको अर्को खेलमा लिभरपुलले लेस्टर सिटीलाई २–१ ले पराजित गरेको छ। लिभरपुलको जितमा मोहमद सलाहले ५२ र ७६ मिनेटमा गोल गरेका थिए। त्यसअघि खेलको तेस्रो मिनेटमा जिमी भर्डीले गोल गरेपछि लेस्टरले अग्रत लिएको थियो।
लिगमा शीर्ष स्थानको म्यानचेस्टर सिटीको २० खेलबाट ५८ अंक छ। दोस्रो स्थानको चेल्सीको २१ खेलबाट ४५, तेस्रो स्थानको युनाइटेडको ४४, चौथो स्थानको लिभरपुलको ४१ र एक खेल कम खेलेको टोटनह्यामको ३७ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।