• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

इपिएल फाइनलका हिरो अनिलले यसरी बनाएका थिए सिनियर टिममा स्थान

64x64
नेपाल लाइभ आइतबार, पुस १६, २०७४  ०७:२९
1140x725

काठमाडौं– शनिबार भएको एभरेस्ट प्रिमियर लिग (इपिएल) को फाइनलको अन्तिम ओभरमा भैरहवा ग्लाडिएटर्सलाई जितका लागि ९ रन आवश्यक थियो। भैरहवाका लागि यो लक्ष्य असहज थिएन, किनकि उसको हातमा ४ विकेट बाँकी थियो। अर्कोतर्फ भैरहवाका ब्याट्सम्यानले अन्तिम ओभरमा प्रतियोगितामा पहिलो पटक बलिङ गरिरहेका अनिल साहको सामना गर्दै थिए। फाइनलअघिका ६ खेलमा अनिलले बलिङ गरेका थिएनन्। नियमित बलर सहान अदिसा घाइते भएपछि कप्तान पारस खड्काले पार्टटाइम बलरको रुपमा अनिललाई फाइनलमा मौका दिएका थिए।

चुनौतीपूर्ण परिस्थितिमा बलिङमा आएका अनिलले अन्तिम ओभरको पहिलो बलमै चौका खाए। दोस्रो बलमा कृष्ण कार्कीलाई बोल्ड गरेर अनिल खेलमा फर्किए। तेस्रो बल डट फाले। जितका लागि भैरहवालाई ३ बलमा ५ रन आवश्यक थियो। अनिलले चौथो बलमा भुवन कार्कीलाई रन आउट गराए।

पाँचौं बलमा अनिलले पुनित मेहरालाई वैकल्पिक खेलाडी रामनरेश गिरीमार्फत क्याच गराए र खेल आफ्नो पक्षमा पारे। अन्तिम बलमा जितका लागि पनि अनिलले बाउन्ड्री प्रहार गर्न दिएनन्। ५ रन आवश्यक परेको भैरहवाले अन्तिम बलमा मात्र ३ रन जोड्न सक्यो। अनिलले प्रभावशाली बलिङ गरेपछि विराटनगरले १ रनले खेल जित्दै इपिएलको ट्रफी उचाल्यो।
अनिल इपिएलका सबैन्दा बढी क्याच लिने खेलाडी पनि बने। ७ खेलमा उनले १२ क्याच लिँदै आफू फिल्डिङमा अब्बल भएको साबित गरे। इपिएलमा बढी क्याच लिने दोस्रो स्थानमा रहेका भैरहवाका भुवन कार्कीले ६ क्याच लिए। 

इपिएल फाइनलमा हिरो साबित भएका अनिल यू–१९ टिमका मध्यक्रमका भरपर्दा ब्याट्सम्यान हुन्। गत भदौमा भएको एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगिताबाट उनी चर्चामा आएका थिए। उनले थाइल्यान्ड विरुद्ध ९१ रन प्रहार गर्दै सबैको ध्यान तानेका थिए। त्यस लगत्तै भएको एसिसी यू–१९ एसिया कपमा पनि उनले प्रभावशाली प्रदर्शन गरेका थिए। एसिया कपमा उनले अफगानिस्तान विरुद्ध अर्धशतक प्रहार गरेका थिए। एसिया कपमा गरेको प्रदर्शनको आधारमा अनिललाई सिनियर टिमको बन्द प्रशिक्षणमा मौका दिइएको थियो।

गत महिना आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत युएई विरुद्ध खेलका लागि अनिल वैकल्पिक खेलाडीमा परेका थिए। वैकल्पिक खेलाडीमा परे पनि उनी युएई भ्रमणमा गएका थिए। युएईसँग खेल्नुअघि अमेरिकासँग भएको अभ्यास खेलमा अनिलले राष्ट्रिय टिममा डेब्यु गरे। तर, उक्त खेलमा अनिल शून्य रनमा आउट हुन पुगे।

युएई विरुद्ध दोस्रो खेलमा भने उनी नियमित टिममै परे। दीपेन्द्रसिंह ऐरी अभ्यासका क्रममा घाइते भएपछि अनिललाई युएई विरुद्धको दोस्रो राष्ट्रिय टिममा स्थान दिइएको थियो। तर, उनी मैदान उत्रन भने पाएनन्।

Ncell 2
Ncell 2
nimb
nimb

यसरी सुरु भयो अनिलको क्रिकेट करिअर

बारा कलैयाका साह स्कुल जीवनदेखि नै राम्रो ब्याटिङ गर्थे। उनी कलैयाको बाल एकता इंग्लिस बोर्डिङ स्कुलका विद्यार्थी हुन्। स्कुल क्रिकेटमै उनले ब्याटिङमा राम्रो प्रतिभा देखाएको बाराका सिनियर प्लेयर सुदीप चौधरी बताउँछन्।

‘स्कुलस्तरीय क्रिकेटदेखि नै अनिलले आफूसँग ब्याटिङ गर्ने राम्रो कला भएको प्रमाणित गरिसकेका थिए’, चौधरी सम्झन्छन्, ‘उनी आक्रामक ब्याटिङ गर्छन्। विकेटकिपिङ पनि उनको सोख हो।’

तत्कालीन समयमा साहका लागि जिल्लाको टिममा पर्नु ठूलो कुरा थियो। किनकि क्रिकेटको उर्वरभूमि बारामा सिनियर खेलाडीको कमी थिएन। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

०६८ सालको जिल्लास्तरीय प्रतियोगिताका लागि बारा जिल्ला क्रिकेट टिमका ओपनर घाइते भए। पर्सा विरुद्ध महत्वपूर्ण खेलमा अन्तिम समय प्रारम्भिक ब्याट्सम्यान टिममा उपलब्ध हुन नसकेपछि चौधरीलाई तत्काल खेलाडी खोज्नुपर्ने बाध्यता आइलाग्यो। यतिबेला साहले आफूलाई प्रारम्भिक ब्याट्सम्यानको भूमिकामा खेलाउन कप्तान चौधरीसँग अनुरोध गरे। चौधरीले पनि साहको अनुरोध सहर्ष स्वीकार गरे।

'ओपनिङ गरेको पहिलो खेलमै उनले अर्धशतक प्रहार गरे', चौधरीले सुनाए।

पहिलो खेलमै प्रभावशाली प्रदर्शन गरेका साहलाई जिल्लाको टिममा पर्न गाह्रो भएन। जिल्ला र क्षेत्रको यू–१९ टोलीबाट नियमित राम्रो प्रदर्शन गरेपछि साहले गत वर्ष आयोजना भएको एभरेस्ट प्रिमियर लिग (इपिएल)मा कान्तिपुर गोर्खाजबाट खेल्ने मौका पाए। इपिएलमा सिनियर टिमका खेलाडीसँग खेलेका साहलाई यू–१९ टिमको बन्द प्रशिक्षणमा बोलाइयो। 

गत वर्ष श्रीलंकामा भएको यू–१९ एसिया कपबाट साहले युवा टिमको जर्सी लगाउने मौका पाएका थिए। साहले गत बैशाखमा भएको धनगढी प्रिमियर लिग (डिपिएल)मा विराटनगर किंग्सबाट खेले। त्यस क्रममा विराटनगरको विकेटकिपिङ तथा मध्यक्रमको ब्याटिङ सम्हालेका साहले प्रभावशाली प्रदर्शन गर्न सकेनन्।

यहिबीचमा साह विभागीय टोली सशस्त्र प्रहरी बलको क्रिकेट टोलीमा आबद्ध भए। डिपिएल लगत्तै उनले प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगितामा मध्यमाञ्चल विरुद्ध सर्वाधिक रन प्रहार गरेका थिए। मध्यमाञ्चल विरुद्ध नटआउट ७८ रन जोडेर साहले राष्ट्रिय क्रिकेटमा पहिलो पटक अर्धशतक बनाएका थिए।

प्रकाशित मिति: आइतबार, पुस १६, २०७४  ०७:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तेस्रो संस्करणको एनपीएल तयारी पूरा, ७० करोड कारोबारको लक्ष्य
बुढीगण्डकी बाढीपछि अवरुद्ध बेनिघाट–तातोपानी सडक बल्ल खुल्यो
लिफ्टसहितको कुसुन्तीको आकाशे पुल छिट्टै सञ्चालनमा आउने
सम्बन्धित सामग्री
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु डुङ्गा चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ । आइतबार, कात्तिक ८, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार करिब ९ बजे कोहलपुरबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प... शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । बाफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका ६... शनिबार, कात्तिक ७, २०८३
ताजा समाचारसबै
तेस्रो संस्करणको एनपीएल तयारी पूरा, ७० करोड कारोबारको लक्ष्य आइतबार, कात्तिक ८, २०८३
बुढीगण्डकी बाढीपछि अवरुद्ध बेनिघाट–तातोपानी सडक बल्ल खुल्यो आइतबार, कात्तिक ८, २०८३
लिफ्टसहितको कुसुन्तीको आकाशे पुल छिट्टै सञ्चालनमा आउने आइतबार, कात्तिक ८, २०८३
खेल पत्रकारहरु भन्छन्– एनपीएलले नेपाललाई खेल पर्यटनको ‘हब’ बनाउने सम्भावना बढायो आइतबार, कात्तिक ८, २०८३
एनपीएल ३ : विजेताले १ करोड ५० लाख रुपैयाँ पाउने आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्