काठमाडौं– काठमाडौं उपत्यकामा युवतीमाथि शृंखलाबद्ध 'सिरिन्ज' आक्रमण गर्ने एक युवा पक्राउ परेका छन्।
महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाबाट परिचालन भएको विशेष टोलीले ती युवालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ३० वर्षीय सन्तोष कार्की छन्। पीडितहरुले सिरिन्ज जस्तो वस्तु घोपिएको बताए पनि उनले सिरिन्ज नभएर ढलानको किला रोपेको बयान दिएका छन्।
उनलाई अहिले महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ। उनले बयानमा किला रोपेको बताएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले नेपाल लाइभलाई जानकारी दिए।
उनले बयानमा भनेका छन्, ‘किला रोपेँको हुँ। त्यो पनि युवतीलाई मात्रै रोपेको हो मैले। किला रोप्दा मजा आउने भएकाले रोपेँ।’
रामेछाप घर भएका कार्की ५ वर्ष दुबई बसेर नेपाल फर्किएको पाइएको छ। उनले महाराजगन्जमा रेस्टुरेन्टसमेत चलाउँदै आएको अनुसन्धानबाट खुलेको छ।
उनलाई महाराजगन्जको भाटभटेनी नजिकबाट गएराति साढे १२ बजे पक्राउ गरिएको थियो। उनले अहिलेसम्म ६ जना युवतीलाई किला रोपेको बताएका छन्।
पछिल्लो समय उपत्यकामा सिरिन्ज जस्तो वस्तुबाट युवतीमाथि आक्रमण हुन थालेपछि त्रास बढेको छ।
यो पनि :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।