काठमाडौं– अरहान्तकेशर सिंह र भावना सुनुवारले राखेप च्याम्पियनसिप– २०७४ अन्तर्गत १० औं राष्ट्रिय स्क्वास प्रतियोगिताको सिंगल्समा शनिबार स्वर्ण जितेका छन्। च्याम्पियनद्वय मध्यमाञ्चलका हुन्।
सातदोबाटोमा भएको पुरुष सिंगल्स फाइनलमा अरहान्तले पश्चिमाञ्चलका अमृत थापा मगरलाई ८–११, ११–९, ११–५ र ११–७ को सेटमा पराजित गरे। मध्यमाञ्चलकाद्वय चिरी लामा र राजेन्द्र शाक्य तेश्रो भए।
अरहान्तले प्रतियोगतामा २ स्वर्ण जिते। उनीसंगै सुदीपबहादुर सिंह, चिरी लामा र विनोदरत्न शाक्यको मध्यमाञ्चल टोलीले स्वर्ण जितेको हो।
महिला फाइनलमा भावनाले पश्चिमाञ्चलकै कृष्णा थापालाई ११–६, ११–६, ६–११ र ११–७ को सेटमा हराइन्। मध्यमाञ्चलकाद्वय विपना ब्लोन र स्वस्थानी श्रेष्ठ संयुक्त रुपमा तेश्रो बने।
विजेतालाई युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दहाल र नेपाल स्क्वास र्याकेट्स संघका अध्यक्ष किशोर महर्जनले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।