• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, वैशाख २०, २०८३ Sun, May 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

भयावह बन्दै मेयर-उपमेयर विवाद, नगर र गाउँसभा प्रभावित

64x64
नेपाल लाइभ शुक्रबार, असार १३, २०७६  ०५:४३
1140x725

जनकपुर- पछिल्लो समय मेयर र उपमेयर विवादको कारण प्रदेश २ का केही नगर र गाउँसभा नै प्रभावित भएको छन्। जनप्रतिनिधिबीचको विवादले कार्यालयले दिने सेवा समेत प्रभावकारी हुन सकेको छैन।  
मेयर र उपमेयरसहित जनप्रनिधिकै विवादका कारण महोत्तरीको गौशला, औरही र रामगोपालपुरको नगरसभा हुन सकेको छैन। 

गौशाला नगरपालिकाको नगरसभाका लागि प्रमुख अतिथि, मेयर, उपप्रमुख, जनप्रतिनिधि गरी सय जनाभन्दा बढी कार्यक्रमस्थलमा उपस्थित थिए। प्रमुख अतिथि शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पानसमा बत्ती बालेर सभा उद्घाटन पनि गरे। राष्ट्रिय गान र सहिदको नाममा मौनधारण जस्ता औपचारिकता समेत पूरा गरियो। 

नगरसभामा न त नीति तथा कार्यक्रम प्रस्तुत गरियो, न त बजेट नै पेस भयो। त्यसको सट्टा केही निजी विद्यालयका छात्राले नाचगान गरे। कार्यक्रम सकियो।

गौशाला नगरपालिकाको नगरसभामा मंगलबार उद्घोषणा थालिएसँगै भाँडभैलो सुरु भएको थियो। उद्घोषक वडा १ का सचिव रामकुमार यादवले मञ्चमा आसन ग्रहणका लागि नाम बोलाउँदा मर्यादाक्रमलाई ख्याल नगरेको भन्दै उपमेयर आशा लामाले विरोध जनाइन्। मेयर शिवनाथ महतोले सभाध्यक्षका रूपमा आसनग्रहण गरेको निकै बेरपछि मात्रै लामालाई मञ्चमा बोलाइएको थियो।

मेयर लगत्तै उपमेयरलाई नबोलाइएको विरोधमा उनले सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्न मानिनन्। जबकि उनी १२ पृष्ठको नीति तथा कार्यक्रम प्रस्तुत गर्न तयारीसहित आएकी थिइन्। उपमेयरले आफ्नो मर्यादाको अपमान भएको भन्दै आपत्ति जनाएपछि उनलाई वडाध्यक्षहरूले पनि साथ दिएका थिए। 

वडाध्यक्षले विरोध गरेपछि उद्घोषक फेरिए पनि सभा अघि बढ्न सकेन। मेयर–उपमेयर दुवै नेकपाकै हुन्। सभाको अध्यक्षता गरिरहेका मेयर महतोले नगरपालिका क्षेत्रमा पर्ने आधा दर्जन नदीमा भइरहेका अवैध उत्खनन रोक्न कडा कदम उठाउने प्रतिबद्धता जाहेर गर्दै नगरसभा स्थगित भएको घोषणा गरे। अर्को नगर सभा बस्ने मिति तोकिएको छैन। 

रामगोपालपुर नगरपालिकाको कार्यालयमा तालाबन्दी  
नगरपरिषदको पूर्वसन्ध्यामा महोत्तरीको रामगोपालपुर नगरपालिकाको कार्यालयमा तालाबन्दी गरियो। सोमबार उपमेयर सिता देवीले गाडीको विषयमा असन्तुष्ट जनाउदै कार्यालयमा तालाबन्दी गरेकी हुन्।

आफूले चढ्ने गाडीमाथि मेयर अशोक कुमार मण्डलले कव्जा जमाएको र सोही कारण नगर योजना तर्जुमा कार्यक्रम अगाडी बढ्न नसकेको तथा मेयर अशोक कुमार मण्डलले केही वडाअध्यक्षसँग मिलेर मनपर्दी रुपमा कर उठाउँदै आएकोले बाध्य भएर तालाबन्दी गर्नुपरेको उपमेयर सितादेवी साहले बताईन्। 

nimb
nimb
Ncell 2
Ncell 2

त्यस्तै नगरप्रमुखका स्वकीय सचिव रामजानकी मण्डलले उपमेयरको अधिकारमाथि हस्तक्षेप गरेको र यस सम्बन्धमा नगरप्रमुखले चासो नलिएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको उपमेयर साहले बताईन्। 

कार्यालयका कर्मचारीले अटेरी गरेको भन्दै नगरप्रमुखले छलफल गर्न नमान्दा बाध्य भएर तालाबन्दी गर्नुपरेको उपमेयर साहको भनाई रहेको छ। न्याय नपाएसम्म नगरपालिकामा तालाबन्दी जारी रह्ने उपमेयरले बताईन्।

यता सरकारी गाडीलाई उपमेयर सितादेवीले निजी काममा प्रयोग गर्दै आएकोले आफूले रोक्न खोज्दा विवाद उग्ररुप लिएको नगरप्रमुख अशोक कुमार मण्डलले बताएका छन्। 

उपमेयरले आफ्नो छोराको विवाह प्रायोजनका लागि गाडी दुरुपयोग गरेको नगरप्रमुख मण्डलले बताए। 

यता सोमबार नगरपालिकाको मुलगेटमा ताला लागेपछि असार १० गते हुने भनिएको रामगोपालपुर नगरपालिकाको नगरपरिषद् नहुने निश्चित बनेको छ।  

औरही नगरपालिका उपमेयरले तोडिन् आफ्नै कार्यालय 
महोत्तरीको औरही नगरपालिकाको कार्यालयभित्र पुगेर उपमेयरले नै तोडफोड मच्चाएकी छन्। असार ७ गते राती तोडफोड गरिएको हो।

औरही नगरपालिका उपप्रमुख रेणु झाको नेतृत्वमा गएको एक टोलीले नगरपालिकाको कार्यालय भित्र तोडफोड गरेको बताइएको छ।

तोडफोडको क्रममा योजना शाखा तथा प्रशासन फाँटमा गरी दुई शाखामा दुई थान कम्प्युटर, दुई थान स्क्यान मेसिन, दुई थान प्रिन्टर, दुई थान विधुतीय मल्टिप्लग बोर्डमा क्षति पुगेको छ।

इलाका प्रहरी कार्यालय गौशालाले दिएको जानकारी अनुसार शनिबार साँझको समयमा कार्यालयमा कामकाज मनपर्दी रुपमा गर्दै आएको विरोधमा उपमेयर रेणु झाको नेतृत्वको टोलीले कार्यालयमा तोडफोड गरेका छन्।

अन्य दिन कार्यालयमा उपस्थित नहुने कर्मचारी शनिबार काम गरेको भन्दै सोधपुछ गर्न खोज्दा विवादले उग्ररुप लिएको प्रहरी निरीक्षक किशोर आचार्यले जानकारी दिए।

यता कामको चापले गर्दा शनिबार पनि काम गर्नुपर्ने बाध्यता रहेको नगरप्रमुख सुनिलकुमार यादवलाई उद्धृत गर्दै प्रहरी निरीक्षक आचार्यले बताएका थिए।

सोही क्रममा उपप्रमुख पक्षको राजपा नेता ज्ञानु झा घाइते समेत भएका छन्। उनको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ।

असार मसान्तको समयमा पनि कार्यालयमा नियमितरूपमा कर्मचारी नआएपछि नगरपालिकामा योजनाअनुसार कामकाज समय मै सम्पन्न हुन नसकेको स्थानीयवासीले प्रतिक्रिया दिएका छन्।

भ्रष्टाचार गरेको साबित भए राजिनामा गर्न तयार छुः मेयर यादव
औरही नगरपालिकाका नगर प्रमुख सुनिल कुमार यादवले आफूले कुनै किसिमको भ्रष्टाचार नगरेको दाबी गरेका छन्। उनले आफूले भ्रष्टाचार गरेको साबित भए पदबाट राजिनामा गर्न तयार रहेको बताए।

उनले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी आफूले भ्रष्टाचार गरेको प्रमाणित भए जुनसुकै दण्ड भोग्न तयार रहेको बताए।

गत शनिबार साँझ भएको तोडफोड घटना बारे जानाकारी दिन नगर प्रमुख यादवले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले उप मेयर रेणु झा नियमविपरीत उपभोक्ता समिति गठन गर्न खोज्दा आफूले रोके पछि विरुद्धमा गएको आरोप लगाए।

पत्रकारहरुले गरेको प्रश्नमा प्रश्नमा उनले भने, 'असार मसान्त चलि रहेको कारण बिदाको दिन पनि कार्यालय खोल्नु  पर्ने बाध्यता रहेको छ।’ उनले उप मेयर झा र उनि संगै आएको ज्ञानु  झासहित केही राजनीतिकर्मीले कार्यालयमा तोडफोड गर्नुको साथै महत्वपूर्ण फाइलहरु भएको ल्यापटप पनि लिएर गएको आरोप लगाए।

नगर प्रमुख यादवले उपमेयर झाले अनुगमन समितिको अर्थ नबुझेको कारण विवाद सृजना भएकी छन्। उनले भने, 'उपभोक्ताले मापदण्ड र सम्झौता अनुसार काम गरिसकेपछि उसको भुक्तानी रोक्ने अधिकार कोहीसँग छैन। गत वर्ष र चालु आर्थिक वर्षमा पनि उहाँलाई जहाँ कुरा मिल्यो त्यो ठाउँको योजनामा मात्रै अनुगन गर्ने गर्नु हुन्छ।’ 

उपमेयरले कुरा नबुझी अर्काको लहैलहैमा लागेर कार्यालयमा तोडफोडजस्ता घटना घटाएको आरोप लगाए।

नगरप्रमुख यादवले भने, 'भ्रष्टाचार गरेको छु भनेर उपमेयरले प्रमाणित गर्नुभयो भने नैतिकताको आधारमा मेयर पदबाट राजिनामा दिन तयार छु। तर यसरी  गुण्डागर्दी शैलीमा कार्यालयमा तोडफोड गर्न मिल्छ? कहिँ  पनि मिल्दैंन। यो घटनाका दोषीहरुमाथि कानुनी कार्यबाही को लागि सम्बन्धित निकायसँग माग गरेको छु।’

मेयर र उपमेयरबीचको विवादले औरहीको पनि नगरसभा प्रभावित भएको छ।

प्रकाशित मिति: शुक्रबार, असार १३, २०७६  ०५:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रोल्पा दुर्घटनाको तीन दिनपछि सरकारले भन्यो–सुक्ष्म छानबिन हुँदैछ
राष्ट्रपतिद्वारा थप तीनवटा अध्यादेश जारी
लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु
सम्बन्धित सामग्री
‘सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो’ : सञ्चार मन्त्री तिमिल्सिना आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सुशासन, सेवा प्रवाह, आर्थिक विकास, उद्यमश... शनिबार, वैशाख १९, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश सरकारकाे सिफारिसमा राष्ट्रपति पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेकाे राष्ट्र... शुक्रबार, वैशाख १८, २०८३
सरकारले सुकुम्वासीलाई युद्ध अपराधीजस्तो व्यवहार गर्‍यो : सभापति थापा नेपाल ट्रेड युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै वास्तविक सुकुम्वासीको पहिचान नै नगरी डोजर लगाएकोप्रति आपत्ति जनाए। शुक्रबार, वैशाख १८, २०८३
ताजा समाचारसबै
रोल्पा दुर्घटनाको तीन दिनपछि सरकारले भन्यो–सुक्ष्म छानबिन हुँदैछ शनिबार, वैशाख १९, २०८३
राष्ट्रपतिद्वारा थप तीनवटा अध्यादेश जारी शनिबार, वैशाख १९, २०८३
लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु शनिबार, वैशाख १९, २०८३
स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर शनिबार, वैशाख १९, २०८३
कुन कुन राजमार्ग अवरुद्ध छन्? शनिबार, वैशाख १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
आजदेखि पेट्रोल र डिजेलको मूल्य घट्यो, खाना पकाउने ग्याँसको मूल्य बढ्यो शुक्रबार, वैशाख १८, २०८३
सम्पत्ति शुद्धीकरण ऐन पनि संशोधन, अध्यादेश राष्ट्रपति कार्यालय पठाइयो शुक्रबार, वैशाख १८, २०८३
ट्राफिकलाई लाइसेन्स, ब्लुबुक, चाबी नियन्त्रणमा लिने कार्य नगर्न सर्वोच्चको निर्देशन शुक्रबार, वैशाख १८, २०८३
यूएईविरुद्धको थ्रिलिङ खेलमा नेपाल ६ रनले विजयी शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्