पोखरा– राखेप च्याम्पियनसिप भलिबलतर्फ पुरुषमा त्रिभुवन आर्मी क्लब र महिलामा नेपाल एपिएफ क्लब च्याम्पियन बनेका छन्।
शनिबार पोखरामा भएको पुरुषको उपाधि भिडन्तमा आर्मीले एपीएफलाई ३–० को सोझो सेटमा हरायो। महिला भलिबलको फाइनलमा एपीएफले मध्यामाञ्चललाई ३–० कै सेटमा पराजित गर्यो।
पोखरा रंगशालाको भलिवल ट्रेनिङ सेन्टरमा भएको पुरुषको फाइनल खेलमा नेपाल आर्मीले एपिएफलाई २५–१२, २५–२३ र २५–१५ को सोझो सेटमा हराउँदै उपाधि जित्यो। महिलातर्फ एपिएफले मध्यमाञ्चललाई २५–१८, २५–१४ र २५–१० को सोझो हरायो।
पुरुषतर्फ घरेलु टिम पश्चिमाञ्चलले तेश्रो स्थान हासिल गरेको छ। पश्चिमाञ्चलले पुलिसलाई २५–२२, २०–२५, २१–२५, २५–१६ र १८–१६ को सेटमा पराजित गरेको हो।
महिलातर्फ भने नेपाल पुलिस तेश्रो हुन सफल भएको छ। पुलिसले घरेलु टिम पश्चिमाञ्चललाई २५–१५, २५–२१ र २५–२१ को सोझो सेटमा पराजित गर्यो।
प्रतियोगितामा एपिएफकी सरस्वती चौधरी महिलातर्फको उत्कृष्ट खेलाडी चुनिदा पुरुषतर्फ आर्मीका मान बहादुर श्रेष्ठ उत्कृष्ट खेलाडीको उपाधि जिते। दुवै समूहका उत्कृष्ट खेलाडीले जनहि १५-१५ हजार नगद प्राप्त गरे। प्रतियोगितामा विजेताले ५० हजार र उपबिजेताले ३० हजार र तेश्रो हुनेले २० हजार नगद साथ ट्रफि मेडल प्रमाण पत्र प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।