कञ्चनपुर- जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख अजितकुमार श्रीवास्तव २ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुरस्थित सम्पर्क कार्यालयको टोलीले श्रीवास्तवलाई २ लाख रुपैयाँ घुससहित उनको कार्यकक्षबाटै पक्राउ गरेको जानकारी अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले दिए। उनीसँगै त्यही कार्यालयका इन्जिनियर भीष्म ठगुन्ना पनि घुससहित पक्राउ परेका छन्।
भान्सा कोठामा चामलको बोरामा लुकाइराखेको २ लाख रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धानको महेन्द्रनगरस्थित कार्यालयका सूचना अधिकारी टोपबहादुर विष्टले पुष्टि गरे।
विष्टका अनुसार श्रीवास्तवले चौधर नदीमा निर्माण गरिएको तटबन्धको भुक्तानी दिने क्रममा घुस लिएका थिए। पक्राउ परेका श्रीवास्तवलाई नियन्त्रणमा राखेर अख्तियारको टोलीले सोधपुछ गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।