काठमाडौं- एभरेस्ट प्रिमियर लिग (इपिएल)मा शनिबार भएको उपाधि भिडन्तमा विराटनगर वारियर्स च्याम्पियन बनेको छ।
विराटनगरले १ सय ५० रनको लक्ष्य दिएको भैरहवा ग्लाडिएटर्सलाई रोमाञ्चक खेलमा १ रनले पराजित गर्दै इपिएलको उपाधि जितेको हो। पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्सले जितसँगै २१ लाख रुपैयाँ पाएको छ। उपविजेता भैरहवाले भने ८ लाख रुपैयाँ पायो।
उपाधि जितेपछिका केही तस्बिरहरु:

ट्रफीसहित विराटनगर वारियर्सका कप्तान पारस खड्का


प्रशंसकहरुबाट बधाई थाप्दै विराटनगरका अंशुमान राथ

अंशुमान राथ


उपविजेता भैरहवा ग्लाडिएटर्सका खेलाडी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।