काठमाडौं- एभरेस्ट प्रिमियर लिग (इपिएल) को उपाधि भिडन्तमा विराटनगर वारियर्स र भैरहवा ग्याडिएटर्सबीच अहिले कीर्तिपुर मैदानमा खेल जारी छ। भैरहवालाई १ सय ५० रनको लक्ष्य दिएको विराटनगरलाई उपाधि भिडन्तको खेलमा आठौ ओभर महँगो पर्ने देखिएको छ।
उत्कृष्ट ब्याटिङ र बलिङको प्रदर्शन गर्दै फाइनल यात्रा तय गरेको विराटनगरका अंशुमान राथलाई खेलको आठौ ओभरमा कप्तान पारस खड्काले बलिङका गर्न दिएका थिए। पारसको सोही निर्णय विराटनगरका लागि निकै महँगो पर्योक। अशुंमानले एकै ओभरमा ४८ रन खर्चेर टोलीमाथि दबाब थपेका छन्।
अंशुमानको राम्रो खेलले अघिल्ला खेलमा विराटनगरले उत्कृष्ट प्रदर्शन गरेको थियो । तर, उपाधि भिडन्तको खेलमा भने अशुंमानको पहिलो बलमै भैरहवाका प्रथम सालुङ्केले एक रन लिएका थिए। त्यसपछि स्ट्राइकमा शरद भेषावकर आए। अंशुमानको दोस्रो बलमा शरदले चौका र तेस्रो बलमा छक्का प्रहार गरे। त्यसपछि अंशुमानले लगातार वाइड र नो बल फाले। उनको चौथो बलमा शरदले पुन: छक्का प्रहार गरेर विपक्षीमाथि दबाव बढाए।
लगातार छक्काबाट चुटिएका अंशुमान थप दबाबमा आए र कमजोर बलिङ गरे। त्यसपछि नो बल फालेका अंशुमानले दुई वाइड फाले। उनी त्यत्तिमै रोकिएनन्, उनले थप दुई नो बल फाले। दोस्रो नो बलमा शरदले छक्का प्रहार गरेका थिए। शरदले आठौं ओभरको अन्तिममा अंशुमानकै बलमा समेत छक्का प्रहार गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।