धनगढी- नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ।
पुस २१ गतेदेखि माघ १ सम्म चल्ने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सुदूरपश्चिम ११ धनगढी र काठमाडौंको च्यासल युथ क्लब भिड्नेछन्।
प्रतियोगिताको दोस्रो संस्करणमा सहभागी १२ टोलीलाई दुई समूहमा विभाजन गरेर खेल तालिकासमेत सार्वजनिक गरिएको हो।
समूह ए मा आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लब, च्यासल युथ क्लब काठमाडौ, सहारा क्लब पोखरा, एपिएफ क्लब, धरान फुटवल क्लब र सिएमजी संकटा रहेका छन्।
समूह बी मा लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी, डुक स्टार भुटान, अग्नि रुपन्देही ११, रुस्लान थ्रीस्टार काठमाडौं, रमपम झापा ११ र त्रिभुवन आर्मी क्लब रहेका छन्।
मोफसलकै सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले उपाधिसहित ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन्।
यस्तो छ खेल तालिका-

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।