धनगढी- शुभश्री प्यालेस ब्याटमिन्टन प्रतियोगिता धनगढीमा पुस २७ गते सुरु हुने भएको छ।
शनिबार पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगितामा भेट्रान र १७ वर्षमुनिका छात्र-छात्रा गरी तीन विधा समावेश गरिएको जानकारी दिएको छ। प्रतियोगितामा एक लाख १५ हजार रुपैयाँको पुरस्कारको व्यवस्था गरिएको छ।
भेट्रान तर्फको स्पर्धामा रजिष्ट्रेशन शुल्क लाग्ने र १७ वर्षमुनिको स्पर्धामा नि:शुल्क प्रतिस्पर्धा गर्न पाइने आयोजकले जनाएको छ। उमेर समूहका खेलाडीहरुका लागि आवास र खानाको पनि व्यवस्था गरिएको ब्याटमिन्टन प्रशिक्षक मेघराज कठायतले जानकारी दिए।
भेट्रानतर्फ प्रथम हुनेले ५१ हजार, दोस्रोले २५ र तेस्रो दुई जनाले नगद १०-१० हजार पुरस्कार पाउनेछन्।
यस्तै १७ वर्षमुनिको स्पर्धामा प्रथम हुनेले ५ हजार, दोस्रोले दुई हजार र तेस्रो हुनेले दुई जनालाई एकएक हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ।
प्रतियोगिता ३ दिन सम्म चल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।