लन्डन– बिहीबार राति भएको इंग्लिस प्रिमियर लिगको खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई ३–२ गोलले पराजित गरेको छ। आर्नसलको जितमा मुस्ताफिले २५ मिनेटमा गोल गर्दा एलेक्सिस सान्चेजले ६२ र ६६ मिनेटमा गोल गरे।
लिगमा छैटौं स्थानमा रहेको आर्सनलको ३७ अंक छ। गोल अन्तरमा अघि रहेर पाँचौ स्थानको टोटनह्यामको पनि ३७ अंक नै छ।
क्रिस्टल प्यालेसलाई हराएको खेलमा आर्सनलका प्रशिक्षक आर्सेन वेंगरले भने रेकर्ड बनाएका छन्। वेंगरले प्रिमियर लिगमा बढी खेलमा प्रशिक्षण गर्ने रेकर्ड बराबरी गरेका हुन्।बिहीबार वेंगरको प्रशिक्षणको रुपमा ८ सय १०औं खेल थियो। यसअघि म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षक सर एलेक्स फर्ग्युसनले लिगमा ८ सय १० खेलमा प्रशिक्षण गरेर कीर्तिमान बनाएका थिए।
लिगमा बढी खेल जित्ने कीर्तिमान भने फर्ग्युसनको नाममा छ। फर्ग्युसनले २ सय २८ खेलमा जित हात पारेका छन्। बराबरीको रेकर्डमा भने वेंगर अघि छन्। वेंगरले लिगमा १ सय ९७ खेलमा बराबरी नजिता आत्मसात गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।