काठमाडौं– नेपाल प्रथम अन्तर्राष्ट्रिय ह्विलचियर क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको नेपाली क्रिकेट टिमका सदस्यलाई नेपाल सरकारले जनही १ लाख रुपैयाँ प्रदान गर्ने भएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली टिमका सदस्यलाई प्रोत्साहन स्वरुप नगद पुरस्कार दिने निर्णय गरेको हो।
यसअघि नेपालले गत पुस १ गते सम्पन्न प्रतियोगिताको फाइनलमा बंगलादेशलाई ५४ रनले पराजित गरेर उपाधि जितेको थियो।
कप्तान हिमाल अर्यालको कप्तानीमा उत्रिएको नेपालले समूह चरणमा भारत र बंगलादेशलाई हराएको थियो।
प्रतियोगितामा नेपालका नवीन राई उत्कृष्ट ब्याट्सम्यान, विपिन पौडेल उत्कृष्ट बलर र राजु गुरुङ उत्कृष्ट विकेटकिपर घोषित भएका थिए।
ह्विलचियर क्रिकेट एशोसियसन नेपालले अपांगता भएकाहरुलाई खेलको माध्यमबाट मनोबल बढाउनका लागि प्रतियोगिता आयोजना गरेको थियो।
तस्बिर : सुरज शाक्य
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।