काठमाडौं– अन्तिम ओभरमा रोहिकुमार पौडेलले लगातार २ छक्का प्रहार गरेपछि भैरहवा ग्लाडिएर एभरेस्ट प्रिमियर लिग (इपिएल) फाइनलमा प्रवेश गरेको छ।
ललितपुर प्याट्रिओट्स विरुद्धको दोस्रो क्वालिफायरमा भैरहवालाई १३ रनको आवश्यक थियो। भैहरवाले ७ विकेट गुमाइसकेको थियो। यस्तो अवस्थामा ब्याटिङमा रहेका भैरहवाका रोहितकुमार पौडेलले ललितपुरका दिपेश भण्डारीलाई लगातार २ छक्का प्रहार गर्दै आफुलाई फिनिसर भएको प्रमाणित गरे। अब भैरहवाले शनिबार हुने फाइनलमा विराटनगर वारियर्ससँग प्रतिस्पर्धा गर्नेछ।
नटआउट २८ रन प्रहार गरेका रोहितले फाइनलका लागि आत्मविश्वास बढेको बताएका छन्। ललितपुरलाई ३ विकेटले पराजित गरेपछि रोहितले दिएको प्रतिक्रिया यस्तो छ :-
१९ औं ओभरमा खेल सक्ने मौका थियो। तर रासिद खानले राम्रो बलिङ गरे। त्यसैले खेल अन्तिम ओभरसम्म पुग्यो। अन्तिम ओभरमा सम्म खेलेर फिनिसिङ गर्ने सोचिरहेको थिए।
अन्तिम ओभरमा मेरो स्पष्ट सोच थियो। लाइनमा बल आयो भने बाउन्ड्री हान्छु भन्ने सोचेको थिए। सुरुका दुवै बल मैले सोचेको जस्तो आयो ।
अन्तिम ओभरमा भारतका खेलाडी दिपेश भन्डारीको समाना गर्दा आत्मविश्वासि थिए। स्लोअर बल आउने अपेक्षा गरेको थिए। पहिलो बल तीब्र थियो। दोस्रो बल स्लो भएपनि रेन्जमै थियो। दुवैलाई मैदान पठाइदिए।
फाइनलअघि टिमको जितमा योगदान दिन सक्दा प्रेरणा मिलेको छ। फाइनलमा पनि राम्रो खेल्ने कोशिस गर्नेछु।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।