काठमाडौं– प्रहरी प्रधान कार्यालयले १२ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को काज सरुवा गरेको छ।
प्रहरी प्रधान कार्यालयले निकालेको काजसूचीअनुसार विष्णुहरि ढकाललाई जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर, वीरेन्द्रकुमार ठाकुरलाई जिल्ला प्रहरी कार्यालय बारा, सूर्यबहादुर बोगटीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा काज सरुवा गरिएको छ।
त्यस्तै, प्रताप पौडेललाई इलाका प्रहरी कार्यालय कृष्णनगर, कपिलवस्तु, ऋषिराज ढकाललाई जिल्ला प्रहरी कार्यालय मोरङ, राजेन्द्र राय यादवलाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर काजमा खटाइएको छ।
बलराम गिरीलाई इलाका प्रहरी कार्यालय सुनवल, नवलपरासी, अनोज विकलाई जिल्ला प्रहरी कार्यालय कास्की, शंकर पोखरेललाई प्रहरी प्रधान कार्यालय जगेडापुलमा काज खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
इश्वर कार्कीलाई इलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देही, दीपकबाबु केसीलाई इलाका प्रहरी कार्यालय कमुकुवा धनुषा र भीमबहादुर खड्कालाई १ नम्बर प्रदेश तालिम केन्द्र विराटनगरमा काज सरुवा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।