लिभरपुल– नेदरल्यान्ड्सका डिफेन्डर भिर्जेल भान डेक विश्वका सर्वाधिक महँगा डिफेन्डर बनेका छन्। सेन्टर ब्याक भान डेक इंग्लिस क्लब साउथह्याम्टनबाट ८४.५ मिलियन युरो (१० अर्ब रुपैयाँ) मा अर्को इंग्लिस क्लब लिभरपुलमा आबद्ध भएका हुन्।
२६ बर्षीय डेकले विश्वकै सर्वाधिक महँगा डिफेन्डर बन्ने क्रममा म्यानचेस्टर सिटीका बेन्जामिन मेन्डेको रेकर्डलाई पछाडि पारेका हुन्। बेन्जामिन गत जुलाईमा मोनाकोबाट ५२ मिलियन पाउन्डमा फ्रेन्च क्लब मोनाकोबाट सिटीमा आबद्ध भएका थिए।
उनी सन् २०१५ मा स्कटिस क्लब सेल्टिकबाट १३ मिलियन पाउन्डमा साउथह्याम्टनमा आवद्ध भएका थिए। ६ वर्षको सम्झौता गरेपनि उनी लिभरपुलमा मोटो रकममा आवद्ध भएका हुन्।
विश्वको सर्वाधिक महँगा डिफेन्डर बनेका डेक विश्वको आठौं महँगा खेलाडी बने।
चार नम्बरको जर्सी लगाउने डेक जनावरी १ देखि लिभरपुलमा आबद्ध हुनेछन्।
उनले सन् २०१५ नेदरल्यान्ड्सको राष्ट्रिय टिममा डेब्यु गरेर १६ क्याप जितेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।