मिलान– मिलान डर्बी भिडन्तमा एसी मिलानले इन्टर मिलानमाथि रोमाञ्चक जित हात पारेको छ। कप्पा इटालियन फुटबल प्रतियोगिताअन्तर्गत क्वार्टफाइनलको खेलमा एसी मिलानले इन्टरलाई १–० गोलले पराजित गरेको छ।
एसी मिलानलाई अन्तिम चारमा पुर्याकउन १९ वर्षिया स्ट्राइकरले गोल गरेका थिए। निर्धारित सयम गोलरहित बराबरीमा थप गरिएको समयको १४ मिनेटमा प्याट्रिक कट्रोनले गोल गरेका हुन्। उनले लिभरपुलका पूर्वखेलाडी सुसोको थ्रो बलमा गोल गरेका थिए।
सेमिफाइनलमा एसी मिलानले लाजियोसँग प्रतिस्पर्धा गर्नेछ।
सिजनको पहिलो मिलान डर्बीमा भने इन्टरले एसीलाई ३–२ ले हराएको थियो। इटालियन सिरि एको भिडन्तमा इन्टरका माउरो इकार्डीले ह्याट्रिक गरेका थिए। सिरि एमा १८ खेलबाट ४० अंक जोडेको इन्टर तेस्रो स्थानमा छ। २४ अंकसहित एसी भने एघारौं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।